२८ भदौ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सुदेश पराजुलीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वबाट बिदा भएसँगै उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
केही महिनाअघि नै पराजुली विद्यार्थी संगठनबाट बिदा भएसँगै नयाँ नेतृत्वमा आरती लामा आएकी छन् । यससँगै पार्टीले पराजुलीलाई केन्द्रीय समितिमा प्रवेश दिएको हो । उनीसहित २१ जनालाई एकीकृत समाजवादीले केन्द्रीय सदस्यमा मनोनीत गरेको सो पार्टीले मातहतका कमिटीलाई पठाएको अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?