• ११ मंसिर २०८१, मङ्गलबार
  • Tue, 26 Nov 2024
गोरखापत्र

खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार : प्रधानमन्त्री

लेखक: बि.एम.एन. न्यूज
blog

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार भएको बताएका छन् । खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरूसमत समाधान भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको बताए । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रममा प्रधानमन्त्रीले सबै खेलाडीलाई सफलताको शुभकामना दिए । 

मैले पटकपटक जोड दिएर भन्दै आएको छु, खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन् । खेल कुटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन्’, प्रधानमन्त्रीले भने, ‘खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो । नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध छ ।’  

त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहने प्रधानमन्त्रीले बताए ।  

सो अवसरमा प्रधानमन्त्रीले नेपालले मार्सल आर्टमा विगतमा राम्रो सफलता हासिल गरेको र यसपटक पनि राम्रो गर्नेछ भन्ने सरकारको विश्वास रहेको बताए । ‘पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ, सफलता हासिल गरिरहेको छ । धेरै खेलहरूमा नेपाली खेलाडीहरूको राम्रो प्रस्तुति देखिएको छ’, खेलाडीलाई हौस्याउँदै प्रधानमन्त्रीले भने, ‘तपाईहरूको अथक मेहेनत र परिश्रम देख्दा म आफूलाई समेत गौरवको अनुभूति हुने गरेको छ । मलाई पूर्ण विश्वास छ– यसपटक तपाईहरूले थप राम्रो गर्नुहुनेछ, देशको गौरव र उचाइ बढाउनुहुनेछ ।’

खेलाडी छनोटका लागि तीन चरणको प्रक्रिया पूरा गरी अढाइ महिनादेखि बन्द प्रशिक्षण चलेको जानकारी आफूले पाएको प्रधानमन्त्रीले सो क्रममा बताए । यसकारण पनि यसपटक नेपालले राम्रो गर्ने विश्वास आफूमा रहेको उनको भनाइ थियो । आफूसँग प्रतियोगिता हेर्न चीन भ्रमणमा जान लागेको जानकारी दिँदै प्रधानमन्त्रीले त्यसले खेलाडीको मनोबल बढाउन र खेल कुटनीतिमा नेपालको भूमिका स्थापित गर्न सहयोग पुग्ने आफूले विश्वास लिएको बताए । 

सो अवसरमा प्रधानमन्त्रीले यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको गुनासोबारे जानकार रहेको भन्दै छिट्टै यो समस्या समाधान गरिने बताए । ‘तपाईहरूको मनोवल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहनेसमेत म तपाईहरूमा आग्रह गर्दछु’, प्रधानमन्त्रीले भने । 

यही असोज ६ गतेदेखि २१ गतेसम्म चीनको हाङ्झाओमा १९ औँ एसियाली खेलकुद प्रतियोगितामा आयोजना गरिएको छ ।  विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने तय भएको छ । नेपालबाट पहिलोपटक यति ठूलो संख्यामा खेलाडीहरु सहभागी हुन लागेका हुन् ।

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप

slider

चीनको चमत्कार रोकिएको छैन

चीनको चमत्कार रोकिएको छैन। रोकिनेवाला पनि छैन। भयंकर भयंकर संरचना र प्रविधिको विकाससँगै विश्वलाई जादुयी प्रगति देखाइरहेकै छ। उच्च गुणस्तरको विकासको सोच। चीनलाई युरोपसँग जोड्ने परिकल्पना। डेढ लाख किलोमिटरभन्दा लामो रेलमार्ग सञ्जाल निर्माण। तीव्र गतिको रेल। समुद्रमा लामो पुल। विश्वकै अग्लो र लामो सिसानिर्मित पुल। किर्तम सुर्य, समुन्द्र माथी एयरपोर्ट, लामै छ चीनको चामत्कारिक विकासको सूची।चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण भएको दृष्य भाईरल भईरहेको छ , पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरु भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले सहभागिहरुलाई आकर्षित गराएको छ ।जताततै पावरफुल सिसिटिभीबाट सर्भिलेन्स। रोबोटले चलाउने अटोमेटिक सवारी साधनको विकास। रोबोटको उपयोग। सेन्सरको प्रविधिको प्रयोग। अटोमेटिक कार्यस्थलहरू। इतिहास र संस्कृतिलाई प्रविधिसँग जोडेर जीवन्त बनाएको छ चीनले।उहिलेको सिल्क रोडदेखि अहिलेको बेल्ट एन्ड रोड इनिसिएटिभले विश्वलाई घेर्न सफल छ चीन। त्यसै सबभन्दा ठूलो निर्यातकर्ता भएको होइन चिन। गत वर्ष मात्र विश्वको कुल निर्यातमा ११।४ प्रतिशत हिस्सा चीनको छ। हाइटेक प्रविधि निर्यातको त बीस प्रतिशतभन्दा बढी चिनले नै ओगट्छ।यो रचक तथ्य हामीले प्रस्तुत गर्यों, जुन देश प्रविधि र सुचनामा अगाडी छ, त्यो देशका नागरिक देशहित काम गर्छन र सचेत हुँदारहेछन भन्ने तथ्य पनि हो यो ।

slider

कुमार रम्तेललाई पोखरा पठाइयो

काठमाडौ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई पोखरा फिर्ता गरिएको छ ।शनिबार काठमाडौ ल्याइएका रम्तेको बयान सकेर सोमबार साँझ पोखरा फिर्ता गरिएको हो । जिल्ला प्रहरी काठमाडौंका एक अधिकृतका अनुसार रम्तेललाई सोमबार साँझ प्लेनमार्फत पोखरा पठाइएको हो ।स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की कारागारमा रहेका रम्तेललाई झिकाएर प्रहरीले बयान लीएको हो ।रम्तेललाई पोखरा फिर्ता गरिएसँगै आजै कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउन लागिएको छ । काठमाडौं परिसरका एक अधिकृतका अनुसार आज छविलाई ल्याएर बयान गराउने र छवीको बयान सकिएपछि मात्रै रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ ।यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

slider

दुर्गा प्रसाईं पक्राउ

काठमाडौ। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।सीआईबी प्रमुख दीपक थापाका अनुुसार पक्राउ गरेर व्युरोतर्फ लगेपस्चात थप अनुसन्धान गर्ने सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं उनले अनलाइनखबरसँग भने ।उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।

slider

पाकिस्तानमा वायु प्रदूषणको गम्भीर असर

काठमाडौ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । त्यसैगरी भारतका मुख्य सहरहरू कोलकाता र मुम्बई पनि खराब वायुको शिकार भइरहेका छन् ।

slider

पाकिस्तानमा वायु प्रदूषणको गम्भीर असर

काठमाडौ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । त्यसैगरी भारतका मुख्य सहरहरू कोलकाता र मुम्बई पनि खराब वायुको शिकार भइरहेका छन् ।

slider

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बाँस्तोला, चितवन भरतपुर महानगरपालिका–१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीया शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका–४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन् ।पक्राउ मध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र सुरजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

slider

आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।

slider

आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।

गोरखापत्र