• ११ मंसिर २०८१, मङ्गलबार
  • Tue, 26 Nov 2024
गोरखापत्र
blog

काठमाण्डौ- जेसिस इन्टरनेशनल कलेजका सञ्चालक रमेशचन्द्र प्रधान बीवाईडीको बिजुली गाडी ई ६ चढ्नुहुन्छ । उहाँले बीवाईडीको ई ६ चढ्न थालेको दुई वर्ष भयो । उहाँसँग पेट्रोल र डिजल गाडी चढेको अनुभव छ ।

पेट्रोल र डिजलबाट चल्ने गाडी चढ्दा सर्भिसिङ, मोबिल, पेट्रोलरडिजलको पैसा, बेलाबेलामा इन्धन नपाएर लाइन बस्नु परेको हैरानी भनिसाध्य छैन । तर, बिजुली गाडी चढ्न थालेपछि उहाँ यो सबै झन्झटबाट एकप्रकारले मुक्त नै हुनुभएको छ । 

उहाँ भन्नुहुन्छ, ‘मैले बीवाईडीको ई ६ चढ्न थालेको दुई वर्ष भयो । खर्च लगभग शून्य नै हो । गाडीको किस्ता त बेग्लै कुरा भयो ।’

बिजुली गाडीमा तेल चाहिने कुरै भएन । इञ्जिन नहुने हुनाले मोबिल पनि चाहिएन । ब्रेक आयल अनि वाइपरको लागि पानीबाहेक अरु केही नचाहिने प्रधानको अनुभव छ । उहाँ भन्नुहुन्छ, ‘यसमा तेल पनि लाग्दैन । मोबिल पनि लाग्दैन । कर पनि छुट छ त्यसैले इजी ।’

उहाँको गाडी दुई वर्षमा झण्डै २०र२२ हजार किलोमिटर गुड्यो । यसबीचमा उहाँले चार पटक सर्भिसिङ गर्नुभयो । झण्डै पाँच हजार किलोमिटरमा गाडी सर्भिसिङ गर्नुहुन्छ । ‘सर्भिसिङमा पनि खासै खर्च छैन । न गियर छ न क्लच छ त्यसकारण सर्भिसिङको खासै कुरै आउँदैन । यसो कुनै सामान टुटफुट भयो भने पैसा खर्च हुने हो,’ प्रधान भन्नुहुन्छ ।

प्रधानले ४६ लाख मूल्यको यो गाडी १० प्रतिशत डाउनपेमेन्ट तिरेर लिनुभएको हो । उहाँको यसमा मासिक किस्ता तिर्ने बाहेक अरु खर्च छैन । यसकारण पनि प्रधान जस्ता धेरैको रुचि अहिले बिजुली गाडीमा बढेको छ । यसको उदाहरण गएको मङ्गलवार २६ गतेदेखि काठमाण्डौमा शुरु भएको नाडा अटो शो मा बिजुली गाडीमा मान्छे झम्मिएबाटै थाहा हुन्छ । हुनत नाडा अटो शो मा पेट्रोल तथा डिजल गाडीहरु पनि राखिएका छन् । तर, धेरैको आकर्षण भने बिजुली गाडी र बिजुली स्कुटर तथा साइकलमा देखिन्छ ।

प्रधान आफैँ पनि कलेजका लागि अरु दुई वटा भ्यान र आफूलाई चढ्न अर्को एउटा सानो बिजुली गाडी लिने सोचमा नाडा अटो शो मा आउनु भएको हो । उहाँले एउटा सानो १३ लाख मूल्यको गाडी ट्रायल पनि गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘आफ्नो देशमा उत्पादन हुने बिजुलीले गाडी चलाउँदै नागरिक र देश दुवैलाई फाइदा छ । हामीले त अझ भारतलाई बिजुली बेच्नुभन्दा पनि ठूलाठूला बस, ट्रक र रेल चलाउने हो भने हामीले ठूलो पुँजी देशमा नै राख्न सक्छौँ ।’

उहाँको कुरा अझ रोचक छ । पहिले पहिले खल्तीमा पैसा नभए गाडी नै चढ्न पाइँदैन थियो । तर, अब त्यो पनि चाहिएन । कारण खुलाउँदै प्रधान भन्नुहुन्छ, ‘पहिले पहिले गोजीमा पैसा नभए तेल हाल्न नपाएर गाडी नै चढ्न पाइँदैन थियो । अब त तीनरचार महिनामा तिर्दा पनि खासै परेन । गोजीको पैसा पनि बच्ने । देशको पैसा पनि बच्ने हुनाले विद्युतीय गाडी नै चढ्नुपर्छ ।’

आउँदो ३१ गतेसम्म चल्ने अटो शो मा ४५ वटा ब्रान्डले आफ्ना उत्पादनहरु प्रदर्शनीमा राखेका छन् । जसमा चार पाङ्ग्रेका १६ वटा, दुई पाङ्ग्रेका २२ वटा र सात वटा लाइट कमर्सियल भेहिकल छन् । १८ लाखदेखि १ करोड ९ लाख रुपैयाँ पर्ने बिजुली गाडी, १ लाख ७५ हजार देखि ४ लाख रुपैयाँसम्म पर्ने बाइक तथा स्कुटर अनि ५५ हजारदेखि १ लाख ४० हजार रुपैयाँ पर्ने साइकल राखिएको छ । 

नाडा अटो शो मा विशेषगरी टाटा, हुण्डाई तथा ग्रेटवाल मोटर्सका बिजुली गाडी तथा थोरै मूल्यका साना र हेर्दै चिटिक्क देखिने वुलिङलगायतका साना बिजुली गाडीमा देखिन्छ । यिनै बिजुली गाडीका स्टलहरुमा चाहार्दै र त्यसको मूल्य तथा विशेषता सोध्दै हुनुहुन्छ काठमाण्डौ चन्द्रागिरि नगरपालिकाका देवेन्द्र प्रधान । 

चार वर्षअघिदेखि चिनियाँ बिजुली गाडी डाही चढिरहनु भएका प्रधान अहिले के कस्ता मूल्य र विशषताका बिजुली गाडी आएछन् भनेर हेर्न आउनु भएको हो । उहाँ मिलेसम्म अहिले आफूले चढेको गाडी एक्सचेञ्ज गरेर अर्को नयाँ बिजुली गाडी लिने सुरमा हुनुहुन्छ । उहाँ आफू चन्द्रागिरि नगरपालिकामा पहिलो बिजुली गाडी चढ्ने र यसको प्रवर्द्धन गर्ने व्यक्ति भएको बताउनुहुन्छ । 

बिजुली गाडीको रिसेल भ्यालु अर्थात् पुनः बिक्रीको मूल्य त्यति राम्रो नभएका कारण पनि मानिसहरु अहिले आकर्षित भए पनि किन्न हिच्किचाइरहेको उहाँको विचार छ । अर्को भनेको फास्ट चार्जिङ स्टेशन नहुनु र मर्मतका लागि पर्याप्त विज्ञहरु नहुँदा कतै केही भइहाल्यो भने समस्या हुन्छ । त्यस्तै मर्मतका लागि सम्बन्धित कम्पनीमा नै लैजानुपर्ने यस्को अर्को अप्ठ्यारो पक्ष छ । ‘अन्यथा अबको भविष्य भनेको ईभी गाडी नै हो,’ प्रधान भन्नुहुन्छ ।

चार वर्षदेखि बिजुली गाडी चढेको हुनाले यसमा के(के समस्या आउँछन् भन्ने पनि उहाँलाई राम्रो थाहा छ । सानो एउटा लक भाँचिदा पनि शोरुममा जानुपर्ने, स्पेयर टायर नहुने र चार्जिङ स्टेशन नभएका कारण समयमा चार्ज गर्न नसकिने यसका दुःख हुन् । अर्को भनेको कम्पनीले भनेको माइलेजभन्दा २०र३० प्रतिशत कम माइलेज दिन सक्ने कारण त्यो भन्दा कममा नै चार्ज गर्नु राम्रो हुने उहाँको सुझाव छ । 

त्यस्तै, उहाँले भोगेको अर्को दुःख भनेको मोबाइलको जस्तो चार्जर भए पनि लामो दूरीमा यात्रा गर्दा कतै बीचमा चिया खाँदा चार्ज गरिहालौँ न त भन्दा त्यो पसलको बत्ती सबै जाने हुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले फास्ट चार्जिङसहितका चार्जिङ स्टेशन नहुँदा एम्पिएर धेरै खाने हुँदा कतै पसलमा चार्ज गर्न खोज्दा बत्ती सबै जाने हुन्छ । यो चलाएर अनुभव गरिसकेकालाई मात्र थाहा हुन्छ ।’

उहाँले बिजुली गाडीको सुख, दुःख सबै भोग्नु भएको छ । उकालोमा नतान्ने तथा फस्ने भन्ने गुनासो बिजुली गाडीका सन्दर्भमा धेरै सुनिने भए पनि त्यो प्रधानको अनुभवमा भने सत्य होइन । उहाँ भन्नुहुन्छ, ‘धेरै मान्छेले उकालोमा तान्दैन भन्ने सुनेँ तर, मेरो अनुभवमा त्यस्तो रहेन । बरु गाडीको एउटा चक्का फस्दा पनि सजिलै तानेको छ ।’

कम्पनीले १ सय ८० किलोमिटर फूलचार्जमा दिने भने पनि त्यसको ७० प्रतिशत मात्र दिने पनि उहाँको अनुभव छ । र, त्यो भन्दा कम चलाउनु नै उपयुक्त हुने पनि उहाँको सुझाव छ । एक पटकको फुलचार्जका लागि तीन युनिट बिजुली लाग्ने त्यसले झण्डै १ सय २० किलोमिटर दिने उहाँको अनुभव छ । यस हिसाबले झण्डै ४५र५० रुपैयाँमा १ सय २० किलोमिटर चलेको उहाँको अनुभव छ । यसरी हिसाब गर्दा झण्डै एक किलोमिटरको दुई रुपैयाँ पर्न आयो । पेट्रोलमा गाडीमा अहिलेको पेट्रोलको हिसाब गर्दा एक किलोमिटरको झण्डै २० रुपैयाँ पर्न आउँछ ।

उहाँले पनि ब्याट्रीमा समस्या आउने भन्ने कुरो भने सुन्नु भएको हो । तर, उहाँले त्यस्तो अनुभव गर्नु भएको छैन । त्यसकारण उहाँ भन्नुहुन्छ, ‘बनाउन शोरुम नै जानुपर्ने, सानो लक भाँचिए पनि शोरुम जानुपर्ने, एउटा नटको पनि पाँचसय तिनुपर्ने, फास्ट चार्जिङ स्टेशन नहुनु यसका केही समस्या हुन् । अन्यथा अबको समय भनेको ईभी नै हो ।’

महँगो पेट्रोल हाल्नुनपर्ने, पेट्रोलको लागि जसरी पनि पैसा जुटाउनु नपर्ने, सर्भिसिङमा खासै खर्च नहुने, प्रदूषण कम हुने, हेर्दा चटक्क र आकर्षक भएका कारण पनि धेरैको रोजाइमा अहिले बिजुली गाडी पर्ने गरेको छ । तर, चार्जिङ स्टेशनको अभाव, रिसेल भ्याल्यु नहुनु, ब्याट्रीको आयु कति के र फेर्नुपर्दा के भन्ने केही अन्योल भने यसमा अझै कायम छ । तर, पनि धेरै कुराले बिजुली गाडीको विशेषता नै धेरै देखिन्छ । यस अर्थमा पनि धेरै मान्छेको रोजाइमा बिजुली गाडी पर्ने गरेको छ । 

नाडा अटो शोमा टाटा नेक्सन बिजुली गाडी हेरिरहनु भएका दीपक रौनियार यसअघि पेट्रोल गाडी चढे पनि अब भने बिजुली गाडी नै चढ्ने बताउनुहुन्छ । महँगो पेट्रोल, दैनिक पेट्रोल पम्प जानुपर्ने समस्या, वातावरण प्रदूषण अनि आफ्नो कमाइ विदेश जाने जस्ता विभिन्न कारणले पनि अब बिजुली गाडी नै चढ्ने बताउनुहुन्छ । 

‘सबैभन्दा मुख्य कुरा भनेको यो महँगो पेट्रोल हालेर अब गाडी चढ्न सकिन्न । अर्को भनेको यसको सर्भिसिङमा पनि खासै पैसा छैन,’ उहाँ भन्नुहुन्छ, ‘प्राधिकरणले अलि मिलाएर राति चार्ज गर्दा अलि छुट दियो भने त घरमै पनि राम्रैसँग चार्ज गर्न सकिन्छ । यसका धेरै विशेषता छन् । यसकारण पनि अबको समय भनेको बिजुली गाडीको नै हो ।’ 

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप

slider

चीनको चमत्कार रोकिएको छैन

चीनको चमत्कार रोकिएको छैन। रोकिनेवाला पनि छैन। भयंकर भयंकर संरचना र प्रविधिको विकाससँगै विश्वलाई जादुयी प्रगति देखाइरहेकै छ। उच्च गुणस्तरको विकासको सोच। चीनलाई युरोपसँग जोड्ने परिकल्पना। डेढ लाख किलोमिटरभन्दा लामो रेलमार्ग सञ्जाल निर्माण। तीव्र गतिको रेल। समुद्रमा लामो पुल। विश्वकै अग्लो र लामो सिसानिर्मित पुल। किर्तम सुर्य, समुन्द्र माथी एयरपोर्ट, लामै छ चीनको चामत्कारिक विकासको सूची।चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण भएको दृष्य भाईरल भईरहेको छ , पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरु भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले सहभागिहरुलाई आकर्षित गराएको छ ।जताततै पावरफुल सिसिटिभीबाट सर्भिलेन्स। रोबोटले चलाउने अटोमेटिक सवारी साधनको विकास। रोबोटको उपयोग। सेन्सरको प्रविधिको प्रयोग। अटोमेटिक कार्यस्थलहरू। इतिहास र संस्कृतिलाई प्रविधिसँग जोडेर जीवन्त बनाएको छ चीनले।उहिलेको सिल्क रोडदेखि अहिलेको बेल्ट एन्ड रोड इनिसिएटिभले विश्वलाई घेर्न सफल छ चीन। त्यसै सबभन्दा ठूलो निर्यातकर्ता भएको होइन चिन। गत वर्ष मात्र विश्वको कुल निर्यातमा ११।४ प्रतिशत हिस्सा चीनको छ। हाइटेक प्रविधि निर्यातको त बीस प्रतिशतभन्दा बढी चिनले नै ओगट्छ।यो रचक तथ्य हामीले प्रस्तुत गर्यों, जुन देश प्रविधि र सुचनामा अगाडी छ, त्यो देशका नागरिक देशहित काम गर्छन र सचेत हुँदारहेछन भन्ने तथ्य पनि हो यो ।

slider

कुमार रम्तेललाई पोखरा पठाइयो

काठमाडौ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई पोखरा फिर्ता गरिएको छ ।शनिबार काठमाडौ ल्याइएका रम्तेको बयान सकेर सोमबार साँझ पोखरा फिर्ता गरिएको हो । जिल्ला प्रहरी काठमाडौंका एक अधिकृतका अनुसार रम्तेललाई सोमबार साँझ प्लेनमार्फत पोखरा पठाइएको हो ।स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की कारागारमा रहेका रम्तेललाई झिकाएर प्रहरीले बयान लीएको हो ।रम्तेललाई पोखरा फिर्ता गरिएसँगै आजै कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउन लागिएको छ । काठमाडौं परिसरका एक अधिकृतका अनुसार आज छविलाई ल्याएर बयान गराउने र छवीको बयान सकिएपछि मात्रै रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ ।यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

slider

दुर्गा प्रसाईं पक्राउ

काठमाडौ। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।सीआईबी प्रमुख दीपक थापाका अनुुसार पक्राउ गरेर व्युरोतर्फ लगेपस्चात थप अनुसन्धान गर्ने सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं उनले अनलाइनखबरसँग भने ।उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।

slider

पाकिस्तानमा वायु प्रदूषणको गम्भीर असर

काठमाडौ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । त्यसैगरी भारतका मुख्य सहरहरू कोलकाता र मुम्बई पनि खराब वायुको शिकार भइरहेका छन् ।

slider

पाकिस्तानमा वायु प्रदूषणको गम्भीर असर

काठमाडौ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । त्यसैगरी भारतका मुख्य सहरहरू कोलकाता र मुम्बई पनि खराब वायुको शिकार भइरहेका छन् ।

slider

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बाँस्तोला, चितवन भरतपुर महानगरपालिका–१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीया शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका–४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन् ।पक्राउ मध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र सुरजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

slider

आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।

slider

आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।

गोरखापत्र