२९ भदौ २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङ- दाङमा छोराले बुबाको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका- ५ दलजितपुरका २८ वर्षको छोरा सन्तोष केसीले ५१ वर्षका बुवा प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले जनाएको छ ।
बिहीबार साँझ मादक पदार्थ सेवन गरेको छोरा सन्तोषको निर्घात कुटपिटबाट घाइते भएका प्रेम बहादुरको मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।
उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न छोरो सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?