काठमाडौं- लोकप्रिय नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्ब्यासेडरमा अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्ब्यासेडर चयन गरेको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले सो कुराको जानकारी दिएको हो।
यशोदा फुड्सको लोकप्रिय चाउचाउ करेन्ट नुडल्सको ब्रान्ड एम्ब्यासेडर घोषणाको लागी आयोजित कार्यक्रममा नायिका केकी अधिकारीलगायत कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो।
यशोदा फुड्स प्रालिले सन् २०१७ मे देखि आफ्नो ब्यवसायको थालनी गरेको थियो। सुरुवाती दिनमा लाली र करेन्ट ब्राण्डअन्तर्गक तयारी चाउचाउ उत्पादन गर्ने सोचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुवात गरेको थियो।
हाल कम्पनीले विभिन्न ब्राण्डका चाउचाउ तथा स्न्याक्सहरु उत्पादन गरी नेपाल तथा विश्वका बिभिन्न मुलुकहरुमा निर्यात गर्दै आइरहेको छ।
गुणस्तरीय चाउचाउ र स्न्याक्स उत्पादन गरी नेपाल लगायत विदेशका भारत, जापान, भुटान, दुवई, अस्ट्रेलिया, युरोप, युके, अमेरीका, क्यानेडा, मलेसिया, सिङ्गापुर लगायतका देशहरुमा निर्यात गरीरहेको यस कम्पनीले आफ्ना उत्पादन र ब्राण्ड प्रतिको उपभोक्ताको दिन प्रतिदिनको विश्वास र भरोसा नै आफ्नो सम्पती र ख्याती भएको जनाएको छ।