२९ भदौ २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । आज शुक्रवार बसेको परिषद्को बैठकले २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार बैठकले उच्च अदालतमा रिक्तमध्ये २७ जनाको नाम सिफारिस गरेको हो । सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने तीन जना कर्मचारी र छ जना कानुन व्यवसायबाट सिफारिस गरिएको छ । न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।
यस्तै न्याय परिषद्को बैठकले ६० जना न्यायाधीशको सरुवा पनि गरेको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?