काठमाडौं- यहाँस्थित लाजिम्पाटमा आयुर्वेदसम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ। शनिबार नेपालका लागि मलेशियाका राजदूत मोहम्मद फिरदौस अजमानले काठमाडौंको लाजिम्पाटमा निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टरसो सेन्टरको उद्घाटन गरेका हुन्।
आयुर्वेदसम्बन्धी नेपाली र चिनियाँ पुराना उपचार विधिसमेत एकैठाउँबाट सेवा पाउने गरी निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टर स्थापना गरिएको त्यसका अपरशेन तथा मार्केटिङ विभाग प्रमुख स्वर्णिम सुवालले जानकारी दिए। सो सेन्टरमा फिजियोथेरापीको अलवा आयुर्वेदिक आयलथेरापी पनि गरिन्छ।
सेन्टरका अपरेशन तथा मार्केटिङ विभाग प्रमुख सुवालले भने, ‘यो फिजियोथेरापी आफैँमा एउटा शारीरिक, मानसिक मात्र नभई आध्यात्मिक रुपमा पनि फलीफाप हुने गरी सबै मान्छेलाई फाइदाजनक हुनेछ। नेपालका थुप्रै राम्रा फिजियोथेरापीहरु छन्। तर यसमा चाँही फिजियोथेरापी मात्रै नभईकन एउटा आयुर्वेदिक ट्रिटमेन्ट, एन्सियन्ट चाईनिज ट्रिटमेन्ट टाईप अनि हाम्रो हिन्दु शास्त्रकै पुरानो ट्रिटमेन्ट टाईपहरुलाई चाहीँ सम्मिश्रण गरेर एउटै स्पेशमा हामीले शुरु गरिराखेका छौं । हामी आयुर्वेदिक आयल थेरापी पनि गर्छौं।’
सेन्टरले आफ्नो सेवा लिएबापत २ सय रुपैयाँदेखि ३ हजारसम्म शुल्क लाग्ने पनि जनाएको छ। सेन्टरका अनुसार यो शुल्क काठमाडौंमा रहेका फिजियोथेरापीहरु मध्ये सबैभन्दा सस्तो हो। यसमा चाईनिज अकुपञ्चार विधिबाट पनि उपचार गर्ने गरिन्छ।