३० भदौ २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखा- गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका सिरानचोक गाउँपालिका–४ का २७ वर्षीय रामलाल कुमालको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो ।
भच्चेकबाट गोरखा बजार आउँदै गरेको ग १ ख ९७३६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ७ प १५१० नम्बरको मोटरसाइकल सिरानचोक गाउँपालिका–४ को अमराईमा शनिवार बिहान साढे १० बजेतिर आपसमा ठोक्किएका थिए ।
गम्भीर घाइते कुमाललाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले बताउनुभयो । दुर्घटनापछि चालक तथा बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?