मोरङ- मोरङको ग्रामथानमा नुहाउने क्रममा पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ ।
ग्रामथान गाउँपालिका–२ मा रहेको रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै बालिकालाई डुबेर गम्भीर घाइते भएको अवस्थामा बिहान साढे ११ बजेतिर स्थानीयले फेला पारेका थिए ।
पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका उनीहरूलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । प्रहरी र स्थानीयले उद्धार गरेर अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको दाहालले बताउनुभयो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.