• १० मंसिर २०८१, सोमबार
  • Mon, 25 Nov 2024
गोरखापत्र

रगत लत्पतिएको अवस्थामा ट्याक्सीमा चढ्न लागेका उनको मुखबाट निस्कियो ‘मार्‍याे -मार्‍याे’

'घटनाका उनी एउटा ठूलो प्रमाण हुन्'

लेखक: बि.एम.एन. न्यूज
blog

काठमाडौँ- महानगरपालिका-३२ तीनकुनेस्थित गैह्रीगाउँमा आज एकै परिवारका तीनसहित ४ जनाको विभत्सरूपमा हत्या भयो। दोलखाका कुमार भुजेल, उनकी श्रीमती अम्बिका, आमा सुभद्रा र मोरङका नवीन राईको हत्या भएको हो। उनीहरूको टाउको र शरीरका विभिन्न भागमा खुकुरी जस्तो धारिलो हतियार प्रहार भएको छ। 

घटनामा संलग्न रहेको आशंकामा एकजना समातिएका छन् भने अन्य केहीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धानको दायरा फराकिलो पारिएको छ। प्रहरीले उक्त  घटनाको अनुसन्धानका लागि एसएसपी सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरिरकेको छ।

हत्या हुँदा घटना स्थलमा रहेका २८ वर्षीय दीपेन्द्र राई रगत लत्पतिएको अवस्थामा पक्राउ परेकाले उनीबाट घटनाको कारण पत्ता लाग्ने ठूलो विश्वास गरिएको छ। उनी  घटनामा संलग्न हुनसक्ने केही प्रमाणले पुष्टि गर्ने अनुमानका आधारमा उनलाई केन्द्रविन्दुमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

घटना गएराति ११ : ५५ बजेतिरको हो। घटना भएको सूचना प्रहरीलाई प्राप्त हुनेबित्तिकै भ्यान लिएर प्रहरी टोली घटनास्थलमा पुग्दा राई रगत लत्पतिएको अवस्थामा घटनास्थल केही पर ट्याक्सी चढ्दै गरेका थिए। 'हामीले राई ट्याक्सीमा चढ्दै गरेको देख्यौँ, हामीलाई ती व्यक्ति त्यही घटनासँग जोडिएका हुन् भन्ने शुरूमा थाहा भएन, जब प्रहरीको भ्यान नजिकै पुग्यो, उनी हडबडाए', घटनास्थल पुगेका एक प्रहरी अधिकृतले त्यो क्षण सम्झँदै भने, 'त्यही बेला उनको मुखबाट आवाज निस्कियो-मार्‍यो मार्‍यो, बल्ल हामीले उनी पनि घटनामा संलग्न रहेको आशंका समातेका हौँ।'

उनको अनुमान राई त्यहाँबाट भाग्नका लागि ट्याक्सी चढ्न थालेका थिए। प्रहरी कार्यालय आउन लागे जस्तो देखिएको थिएन। यदि प्रहरीमै आउने योजना बनाएका भए उनले आफ्नो मोटरसाइकल प्रयोग गर्थे। उनको मोटरसाइकल पनि रहेको छ। 

ती अधिकृतले उनको व्यवहार रक्सी खाएको जस्तो देखिएको बताएका छन्। उनीसहित केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ जारी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए। उनलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयले उक्त घटनाको अनुसन्धान समितिका संयोजक तोकेको छ। 

उनले भने, 'घटना गम्भीर छ, धेरै क्लुमा अनुसन्धान जारी छ, अहिले यही नै हो भनेर भन्न सकिने अवस्थामा छैन, यत्ति हो राई रगत लत्पतिएको अवस्थामा भेटिएकाले उनी एउटा ठूलो प्रमाण भने पक्कै हुन्।'  तर कस्तो खालको प्रमाण भनेर खुलाइएको छैन। 

राठौरले अहिले नै संलग्नता भने यकिन गर्न नसकिने जवाफ दिए। तर प्रहरीले घटना रिसिइबीले नै भएको प्रारम्भिक अनुमान गरेको छ। प्रहरीले घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेको छ। गम्भीर प्रकृतिका घटनामा कुकुरको प्रयोग गर्ने गरिन्छ।

दोलखाका ५५ वर्षीय कुमार भुजेल दुई दशक बढीदेखि उक्त मिलमा काम गरिरहेका थिए। उनका बुबा पनि यसअघि त्यही मिलमा काम गरेको स्थानीयहरूबाट जानकारी आएको छ। काम विशेषले आमा शुभद्रा औँसीदेखि यहाँ आएर बसेकी थिइन्। उनकी श्रीमती अम्बिका भुजेलसहित एकै परिवारका तीनै जनाको हत्या भएको हो। उनीहरूसँगै मोरङको बेलबारी घर भएका नविन राईको पनि सोही घटनामा मृत्यु भएको छ। नविनको पक्राउ परेका राईसँग पुरानै चिनजान रहेको प्रहरीले जनाएको छ। 

त्यो दोलखाका व्यवसायी बालकृष्ण शिवाकोटीको मिल हो। उनी भने गौशाला बस्ने गरेका प्रहरीले दिएको विवरणमा उल्लेख छ। प्रहरी अहिले घटनामा तिनै राई संलग्न हुन की होइनन्, चारचार जनाको एकै व्यक्तिले हत्या गर्न सक्छ की सक्दैन, घटनामा अन्यको पनि संलग्नता थियो की थिएन ? यी प्रश्नको उत्तर खोजिरहेको छ। 


Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप

slider

चीनको चमत्कार रोकिएको छैन

चीनको चमत्कार रोकिएको छैन। रोकिनेवाला पनि छैन। भयंकर भयंकर संरचना र प्रविधिको विकाससँगै विश्वलाई जादुयी प्रगति देखाइरहेकै छ। उच्च गुणस्तरको विकासको सोच। चीनलाई युरोपसँग जोड्ने परिकल्पना। डेढ लाख किलोमिटरभन्दा लामो रेलमार्ग सञ्जाल निर्माण। तीव्र गतिको रेल। समुद्रमा लामो पुल। विश्वकै अग्लो र लामो सिसानिर्मित पुल। किर्तम सुर्य, समुन्द्र माथी एयरपोर्ट, लामै छ चीनको चामत्कारिक विकासको सूची।चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण भएको दृष्य भाईरल भईरहेको छ , पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरु भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले सहभागिहरुलाई आकर्षित गराएको छ ।जताततै पावरफुल सिसिटिभीबाट सर्भिलेन्स। रोबोटले चलाउने अटोमेटिक सवारी साधनको विकास। रोबोटको उपयोग। सेन्सरको प्रविधिको प्रयोग। अटोमेटिक कार्यस्थलहरू। इतिहास र संस्कृतिलाई प्रविधिसँग जोडेर जीवन्त बनाएको छ चीनले।उहिलेको सिल्क रोडदेखि अहिलेको बेल्ट एन्ड रोड इनिसिएटिभले विश्वलाई घेर्न सफल छ चीन। त्यसै सबभन्दा ठूलो निर्यातकर्ता भएको होइन चिन। गत वर्ष मात्र विश्वको कुल निर्यातमा ११।४ प्रतिशत हिस्सा चीनको छ। हाइटेक प्रविधि निर्यातको त बीस प्रतिशतभन्दा बढी चिनले नै ओगट्छ।यो रचक तथ्य हामीले प्रस्तुत गर्यों, जुन देश प्रविधि र सुचनामा अगाडी छ, त्यो देशका नागरिक देशहित काम गर्छन र सचेत हुँदारहेछन भन्ने तथ्य पनि हो यो ।

slider

कुमार रम्तेललाई पोखरा पठाइयो

काठमाडौ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई पोखरा फिर्ता गरिएको छ ।शनिबार काठमाडौ ल्याइएका रम्तेको बयान सकेर सोमबार साँझ पोखरा फिर्ता गरिएको हो । जिल्ला प्रहरी काठमाडौंका एक अधिकृतका अनुसार रम्तेललाई सोमबार साँझ प्लेनमार्फत पोखरा पठाइएको हो ।स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की कारागारमा रहेका रम्तेललाई झिकाएर प्रहरीले बयान लीएको हो ।रम्तेललाई पोखरा फिर्ता गरिएसँगै आजै कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउन लागिएको छ । काठमाडौं परिसरका एक अधिकृतका अनुसार आज छविलाई ल्याएर बयान गराउने र छवीको बयान सकिएपछि मात्रै रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ ।यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

slider

दुर्गा प्रसाईं पक्राउ

काठमाडौ। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।सीआईबी प्रमुख दीपक थापाका अनुुसार पक्राउ गरेर व्युरोतर्फ लगेपस्चात थप अनुसन्धान गर्ने सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं उनले अनलाइनखबरसँग भने ।उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।

slider

पाकिस्तानमा वायु प्रदूषणको गम्भीर असर

काठमाडौ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । त्यसैगरी भारतका मुख्य सहरहरू कोलकाता र मुम्बई पनि खराब वायुको शिकार भइरहेका छन् ।

slider

पाकिस्तानमा वायु प्रदूषणको गम्भीर असर

काठमाडौ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । त्यसैगरी भारतका मुख्य सहरहरू कोलकाता र मुम्बई पनि खराब वायुको शिकार भइरहेका छन् ।

slider

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बाँस्तोला, चितवन भरतपुर महानगरपालिका–१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीया शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका–४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन् ।पक्राउ मध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र सुरजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

slider

आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।

slider

आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।

गोरखापत्र