३१ भदौ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पशुपति मन्दिर क्षेत्र वरपर मासु र जाँडरक्सी निषेध गरेको छ ।
तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले मासु, जाँडरक्सी र अन्य नशालु पदार्थ निषेध गरिएको हो ।
यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बाग्मतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ ।
यो क्षेत्रमा मासु, जाँडरक्सी तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण गर्न र खान आजदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?