१ असोज २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चितवन- भरतपुर महानगरपालिका– १५ मा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको दुई बर्ष पुग्यो । रंगशाला बनाउँदा लागेको ऋण कसरी तिर्न सकिन्छ भनेर धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले दौडधुप गरेको पनि लामो समय भयो ।
गत असारमा सरकारले रंगशाला निर्माणका क्रममा फाउन्डेसनलाई लागेको ऋण तिर्न १२ करोड रुपैयाँ सर्शत अनुदानसमेत निकासा गर्यो । तर, आर्थिक वर्ष सकिन केहीदिन बाँकी हुँदा आएको रकम रंगशालाको स्वामित्व लिएको भरतपुर महानगरपालिकाले भुक्तानी गर्न नसक्दा फ्रिज भयो । विभिन्न निकायलाई हारगुहार गरेर बल्लतल्ल निकासा भएको रकम अन्तिममा आएर फ्रिज हुँदा कट्टेल निराश छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?