३ असोज २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने भएको छ । गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको एजेन्डा बोकेका शासकको विरोधमा बुधवार राँके जुलुस प्रदर्शन गर्ने तयारी गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
प्रदर्शनलाई व्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको पार्टीले जनाएको छ । संघीय गणतन्त्रको नाममा कायम व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएको सो पार्टीको जिकिर छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?