३ असोज २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङ- दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा शुरु भएपछि बिरामीले जिल्लामै सुविधा पाएका छन । सेवा प्रभावकारी बन्दै गएको भन्दै सेवाग्राही खुसी भएका छन । युरो सर्जन डा. प्रवोध रेग्मीले गृह जिल्ला दाङ आएर यो सेवा शुरु गरेपछि प्रभावकारी बन्दै गएको हो । यस अघि यो खालको उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।
रेग्मीले मिर्गोलामा भएको पत्थरी भएका हालसम्म झण्डै ४० जना बिरामीको सफल शल्यक्रिया गरिसकेको बताउनुभयो । युरो सर्जरी सेवा शुरु भएपछि प्रतिष्ठानमा प्रोष्टेडसहित पिसाब सम्बन्धी सबै उपचार हुने प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनुभयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?