४ असोज २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धनकुटा- धनकुटामा पिङ खेल्दा लडेर एक बालकको मृत्यु भएको छ।
धनकुटा महालक्ष्मी नगरपालिका–०५ का माझिगाँउ बस्ने मदन खड्काको छोरा १० वर्षीय मन्दिप खडकाको पिङ खेल्ने क्रममा लड्दा घटनास्थलमा नै मृत्यु भएको हो।
बुधबार दिउँसो ४ बजे घर नजिकै रहेको ईपिलको रुखमा जुटको डोरीको पिङ बनाइ खेल्ने क्रममा अचानक लड्दा घट्नास्थलमा नै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालले जानकारी दिए।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?