काठमाडौं- वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भदौ महिनामा केही घटेको छ ।
गएको साउन महिनामा ५५ हजार ५ सय ७५ जना श्रम स्वीकृति लिएर बिदेसिएकोमा भदौ महिनामा झण्डै ५ हजार जनाले घटेका छन् ।
भदौ महिनामा वैदेशिक रोजगारीमा जान ५० हजार ८ सय ८४ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो सङ्ख्या नयाँ र पुन स् श्रम स्वीकृति लिनेहरूको हो ।
पहिलो पटक श्रम स्वीकृति लिनेको सङ्ख्या भने ३५ हजार ३०३ जना रहेको छ । साउनमा यो सङ्ख्या ३९ हजार १५२ जना रहेको थियो ।
श्रम स्वीकृति लिनेमा उच्च सीप भएका ३९ जना रहेका छन् भने व्यावसायिक ८७ जना छ । यस्तै अर्ध दक्ष ४ हजार ९९ जना, सीप युक्त, ३५ हजार ८१० जना र अदक्ष १० हजार ८ सय ४९ जना रहेका छन् ।
वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै धनुषाका रहेका छन् । भदौ महिनामा मात्रै धनुषाका २५ सय ६३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । धनुषापछि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या झापाबाट धेरै छ ।
झापाका २३ सय ८७ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै मोरङबाट २१ सय ३ जना, महोत्तरीबाट १९ सय ७८ जना, सिराहाबाट १९ सय ८६ जना, रुपन्देहीबाट १६ सय १४ जना, सर्लाहीबाट १४ सय १५ जना, सप्तरीबाट १३ सय ७६ जना बिदेसिएका छन् ।
भदौ महिनामा ७७ वटै जिल्लाबाट १०२ देशमा जान श्रमिकहरूले श्रम स्वीकृति लिएका छन् ।