८ असोज २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गुल्मी- गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् ।
रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्युठान जिल्ला गौमुखी गाउँपालिका वडानम्वर ३ निवासी १७ वर्षका डोरबहादुर घर्ती रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी नवीनकिशोर प्रधानले जानकारी दिए ।
पहिरोमा परेर रेसुङ्गा नगरपालिका वडानम्वर–३ निवासी घरधनी ७९ वर्षका शेरबहादुर बेल्बासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर ३ निवासी २४ वर्षका टेकबहादुर घर्ती घाइते भएका प्रहरीले जनाएको छ ।
उनीहरु गुल्मी अस्पतालमा सामान्य उपचार पछि घर फर्केको प्रहरी जनाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?