काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताएकी छिन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमेयर डंगोलले यो समस्याको दिगो समाधान हुनेगरी तत्काल एकीकृत नीति बनाउन संघीय सरकारलाई आग्रह समेत गरिन्।
उनले यो समस्या देशभरकै सबै शहरहरूमा भएकाले संघीय सरकारले दिगो समाधान दिने गरी आवश्यक एकीकृत नीति बनाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पारिन् ।
उपमेयर डंगोलले सो समस्या समाधानका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिने काम नगर्न पनि अनुरोध गरिन्। काठमाडौं महानगरपालिकालाई कसैको दबाब भन्दा पनि सुझाव आवश्यक रहेको उनको भनाई थियो ।
उपमेयर डंगोलले काठमाडौं महानगरपालिका आफ्ना नीति र कार्यक्रम अनुसार अघि बढिरहेको दाबी गरिन् ।
उपमेयर डंगोलले संघीय सरकारले आवश्यक नीति, कार्यक्रम बनाएर देशभरकै सडक व्यापारीहरूको समस्या समाधान गर्नुपर्ने बताइन् ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.