९ असोज २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीले कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे ।
उनीहरुले अस्पताल नआऊ, डाक्टर बिरामी दुबैको ज्यान बचाऊ, स्वास्थ्यकर्मीमाथिको हिंसा बन्द गर, डाक्टर कुट्न पाइँदैन, कुटाइ खाने कहिलेसम्म रु लेखेको प्लेकार्ड बोकेका थिए ।
चिकित्सकको प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?