१० असोज २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सिरहा- सिरहामा दुर्लभ मानिएको निल गाई मृत अवस्था भेटिएको छ । औरही गाउँपालिका ३ धानखेतमा निल गाई मृत अवस्था भेटिएको जिल्ला वन कार्यालय लहानका प्रमुख सुजित कुमार झाले जानकारी दिए ।
मुखबाट रगत बगेको अवस्थामा मृत भेटिएको निल गाईको कसैले सिकार गरेको हो कि भन्ने समेत आशंका गरिएको छ । सेवा कार्यालय सिरहाका चिकित्सकले भने सरुवा रोगका कारण नीलगाईको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको झाले जानकारी दिए ।
प्रमुख झाका अनुसार वन्यजन्तु चोरी सिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारबाही हुनेछ । कसुर प्रमाणित भए ६ महिनादेखि १५ वर्षसम्म कैद र १० हजारदेखि १० लाखसम्म जरिवाना हुने वन्यजन्तु संरक्षण ऐन २०२९ मा व्यवस्था गरिएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?