११ असोज २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
डोटी- डोटीको जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको मुहानमा दिसामा पाइने किटाणु भेटिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीले गरेको परीक्षणमा खानेपानीमा दिसाका किटाणु भेटिएको स्वास्थ्य कार्यालय डोटीका ल्याब टेक्निसियन निरीक्षक सुशीलराज जोशीले जानकारी दिनुभयो ।
सिलगढीमा वितरण भइरहेको पानीमा कोलिफर्म देखिएको खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख रामचन्द्र धामीले बताउनुभयो । पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न उहाँको सुझाव छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?