११ असोज २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- १९ औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् ।
आज बिहीवार चीनको वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको खेलमा दुवै टोलीले १र१ गोल गरे । पहिलो हाफमा बङ्गलादेशकी सबिना खातुनले गोल गरेर अग्रता दिलाए पनि दोस्रो हाफमा नेपालकी रेखा पौडेलले गोल गरेर खेल बराबरीमा ल्याइन् ।
नेपाल र बङ्गलादेशले यसअघिका दुवै खेल हारिसकेकाले यो खेल प्रतिष्ठाका लागि मात्रै थियो । समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २–० र अर्को खेलमा जापानसँग ८–० ले पराजित भएको थियो । यस्तै बङ्गलादेश पहिलो खेलमा जापानसँग ८–० र भियतनामसँगको खेलमा ६–१ गोलले पराजित भएको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?