काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २०८४ को चुनावमा आफ्नो पार्टीको जमानत जफत हुने परिस्थिति बनाइदिन भन्दै पुराना दलप्रति व्यंग्य गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा लेखेर उनले चार वर्ष मिलेर काम गर्न र त्यसपछि आफूलाई राजनीतिबाट विस्थापन गराइदिन आग्रह गरेका हुन्।
उनले राम्रा काम गरेर रास्वपालाई असान्दर्भिक बनाइिदन भनेका छन्। ‘यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याईवाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४र४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस्, आफ्नो अपार क्षमता’, उनले लेखेका छन् ‘जनताले तपाईँहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४र४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।’
उनले देशका तमाम समस्या सुल्झाउन रास्वपाबाहेकको सर्वदलीय सरकार गठन गरेर काम गर्न अपिल गरेका छन्। देशमा व्याप्त बेथिति अन्त्य गर्ने अन्तिम चार वर्षको रूपमा बुझ्न आग्रह गर्दै उनले आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन्। ‘देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रूपमा अब यो ४ वर्ष तपाईहरू सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ’, उनले लेखेका छन्।
चार वर्षअघि नै ‘एड्भान्स’मा घण्टी बजाएर सचेत गराएको भन्दै उनले त्यसपछि कि पुराना दल रहने कि आफूहरू रहने चेतावनी दिएका छन्। ‘राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर’, उनले लेखेका छन्।