१२ असोज २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- राष्ट्रपतिको कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ। शुक्रबार बिहान राष्ट्रपति कार्यालय कानुन महाशाखाका सहसचिव कार्कीको निधन भएको हो।
उनलाई शुक्रबार बिहान सवा ७ बजे नर्भिक अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो अस्तालले जनाएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार अस्पताल ल्याउँदा सहसचिव कार्कीको मृत्यु भइसकेको थियो। अस्पताल ल्याउनेबित्तिकै उनलाई मृत घोषणा गरिएको थियो।
५२ वर्षीय कार्कीका श्रीमती, एक छोरा र एक छोरी छन्।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?