१२ असोज २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा घरको सिँढीबाट लडेर ७० वर्षीया वृद्धाको ज्यान गएको छ ।
शुक्रवार आज बिहान नगरपालिकाको वडा ९ गाँजरी बस्ने ७० वर्षीया कलावती महरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी कार्यालय दार्चुलाका अनुसार आफ्नै घरको सिँढीबाट लडेर बेहोस भएकी महरको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलेन्द्रनाथले जानकारी दिनुभएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?