१४ असोज २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- काठमाडौँको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खसेको छ । मोटरसाइकल नदीमा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । दुर्घटनामा परेर भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको छ । प्रहरीका अनुसार गुरुङ मोटरसाइकल पछाडी सवार थिए ।
मोटरसाइकल चालकलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?