काठमाडौं- काठमाडौं गौशालामा एक जना व्यक्ति माथि गोली प्रहार भएको छ । गोली प्रहारबाट घाइते भएका हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ।
गोली लागेर घाइते भएका व्यक्ति पिके डायगोनिस्टिक सेन्टर प्रालिका सञ्चालक साबिर हुसेन रहेको खुलेको छ। उनलाई गोली प्रहार गर्ने अभियुक्त घटनास्थलमै कटुवा पेस्तोल र चक्कु छाडेर फरार भएका छन् । प्रहरीले घटनास्थलबाट उक्त सामान बरामद गरेको छ।
गौशालाको शारदा माध्यमिक विद्यालय नजिकै हुसेनमाथि आक्रमण भएको थियो। घटनास्थलबाट पेस्तोल, चक्कु बरामद भएपछि हुसेन माथि आक्रमण गरिएको केले हो भन्ने खुलि सकेको छैन । घाइते भएका हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ।
हुसेनमाथि आक्रमण गर्नेले कालो सर्ट, कालो पाइन्ट, सर्टको बाहुला च्यातिएको कपडा लगाएको र तराई मुलको जस्तो देखिने व्यक्ति रहेको प्रहरीले जनाएको छ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.