काठमाडौँ- नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले परीक्षामा असफल भएकालाई न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको बताएका छन्।
सोमवार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै सचेतक बर्तौलाले न्याय सेवा आयोगले लिएको परीक्षा असफल भएकालाई जिल्ला न्यायाधीश नियुक्त गरिएको भन्दै आपत्ति जनाए।
उनले प्रश्न गरे,परीक्षामा असफल भएका न्यायाधीशबाट कस्तो न्यायको अनुभुति गर्नेरुु उनले न्यायाधीश नियुक्तिको यथार्थताको सम्बन्धमा न्याय परिषद् र न्याय सेवा आयोगले समिति समक्ष स्पष्ट पार्नुपर्ने बताए।
सचेतक बर्तौलाले नेपालगञ्जका चेतन मानन्धरलाई २०७२ असार २८ गते दिउँसो खुँडा प्रहार गरी हत्या गरेर आजीवन कारावासको सजाय भोगिरहेका रिगल डन भनिने योगराज ढकाललाई सरकारले कैद मिनाहा गरेकोप्रति पनि आपत्ति जनाएका छन्।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.