१६ असोज २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले गएको तीन महिनामा महँगी अत्यधिक बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कालोबजारी नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरे ।
‘अहिले काठमाडौँको बजार र अन्य बजारमा कालोबजारी अत्यधिक बढेको छ । दसैँलाई ध्यानमा राखी कालोबजारी रोक्न म सरकारको ध्यानाकर्षण गराउँछु’, उनले भने ।
उनले चिनीको भाउ तीन महिनाअघि एक किलोको ८०–९० रुपैयाँ भएकोमा अहिले बढेर १२०–१३० रुपियाँ पुगेको बताए । यस्तै चामलको भाउ पनि २० प्रतिशत पुगेको उनले बताए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएकोमा भने उनले सरकारलाई धन्यवाद दिए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?