१६ असोज २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसो ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा एक विद्यालयमा क्षति पुगेको छ।
जयपृथ्वी नगरपालिका-४ गोलाइमा रहेको बाल विकास माविको भवनमा क्षति पुगेको हो। पहिलो कम्पन आएपछि विद्यार्थीलाई घर पठाउँदा ठूलो क्षति नभएको शिक्षक नरेन्द्र उपाध्यायले जानकारी दिए।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेट बझाङको चैनपुर आसपास केन्द्र भएर ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्प पश्चिम नेपालसहित देशका विभिन्न स्थानमा महसुस भएको थियो।
भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख बलबहादुर तामाङले लगातार दुईवटा भूकम्प गएको बताए।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?