काठमाडौं- श्रीमान् चेतन मानन्धरका हत्यारा तथा जेल कारागार पुगेका रिगल भनिने योग ढकाललाई सरकारले आममाफी दिएपछि मानन्धरकी श्रीमती भारती मानन्धरले अनसन थालेकी छिन्।
रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संविधान दिवसको दिन ढकाललाई आममाफी दिएका थिए।
उक्त निर्णयविरुद्ध मानन्धरले अनशन थालेकी छन्। उनले न्याय नपाएसम्म घर नफर्किने बताइन्।
भारतीले हत्यामा संलग्नलाई फेरि पनि जेल चलान गर्नुपर्ने आफ्नो माग रहेको बताइन्। यता रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ।