१७ असोज २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धादिङ- ट्रकको ठक्करबाट बालकको ज्यान गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । अहिले राजमार्गमा गाडी आवतजावत भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ फुर्केखोलामा बिहान ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको ज्यान गएपछि आफन्तले सडक बन्द गरेका थिए ।
दुर्घटनामा बागेश्वरी मावि मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठको ज्यान गएको हो ।
ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?