जनकपुरधाम- मिथिलाञ्चलमा जितिया पर्व शुरु भएको छ। पुत्रप्राप्ति सन्तानको दीर्घजीवन तथा पारिवारिक सुखशान्तिको कामना गर्दै जितिया पर्व मनाउन लागिएको हो।
जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा ९नुहाएर खानु० विधि गर्दै शुरु भएको हो। व्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र पितृलाई चिउरा, दही र अमोट ९आँपको रसबाट तयार हुने खाद्य पदार्थ० र पिना प्रसादको रूपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्छन्।
त्यसैगरी शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने छन्।
जितिया पर्व मनाउन जनकपुरधामस्थित पवित्र तलाउमा श्रद्धालुको घुइँचो लागेको छ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.