काठमाडौं- सन् २०३० को फिफा विश्वकप फुटबल तीन महादेशका ६ देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्।
२०३० को विश्वकपका खेलहरु स्पेन, पोर्चुगल र मोरक्को तथा तीन उद्घाटन खेलहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा आयोजना हुने छन्। यस निर्णयलाई अर्को वर्ष हुने फिफा कांग्रेसले अनुमोदन गर्ने भएको छ।
स्पेन, पोर्चुगल र मोरक्कोलाई सह–आयोजक घोषणा गरिएको छ भने सुरुवाती तीन खेल तीन दक्षिण अमेरिकी राष्ट्रहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछ।
उरुग्वेको राजधानी मोन्टेभिडियोमा विश्वकप सुरु भएको १ सय वर्ष पुगेको अवसरमा तीन खेल खेलाइन लागेको हो।
सन् २०३० को प्रस्ताव स्वीकृत भएको खण्डमा मोरक्को विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी देश बन्नेछ। आयोजक ६ देश विश्वकपमा सिधै छनोट हुने छन्।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.