काठमाण्डौ- प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन दिएको छ । आज बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले चिनियाँ जहाजबारे विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकको निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले नागरिक उड्डयनसम्बन्धी दुई वटा विधेयकको बारेमा पनि आउँदो समितिको बैठकमा पूर्ण जानकारीसहित उपस्थित हुन निर्देशन दिनुभयो ।उहाँले भन्नुभयो, ‘अर्को बैठकमा चिनियाँ जहाजको बारेमा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिन्छु । जहाज कति सालमा, कतिमा खरिद भयो रु कुन कुन देशको त्यो जहाज किनेको छ भन्ने जानकारीसहित बैठकमा आउन निर्देशन दिन्छु ।’
सभापति यादवले चिनियाँ जहाज कसरी नेपाल वायु सेवाको भाग बन्यो भन्नेबारेमा पनि मन्त्रालयले जानकारी गराउनुपर्ने बताउनुभयो ।