१९ असोज २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- सरकारले विद्यालय शिक्षा विधेयक शुक्रबार संसदमा पेश गर्ने भएको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक,२०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार विधेयकमाथि अर्को बैठकमा मात्रै छलफल गर्ने तयारी छ। संसदमा विजनेश नहुँदा अरु महत्वपूर्ण कार्यसूची आजको बैठकमा राखिएको छैन । शून्य र विशेष समयमा सांसदले बोल्ने क्रम आज पनि जारी रहने सहप्रवक्ता धमलाले बताए।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?