काठमाडौं- सुनसरीको धरान उपहमानगरपालिकाले यति एयरलाइन्सलाई हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गाका बारेमा जानकारी गराउन पत्र लेखेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले यति इन कर्पोरेट प्रालि लाजिम्पाटलाई पत्र लेख्दै धरान उपमहानगरपालिका वडा नम्बर १७ (साविक घोपा २ ख) का विभिन्न कित्ताका जग्गाहरु हवाई मैदान निर्माणका लागि खरिद गरे पनि अहिलेसम्म उक्त प्रयोजनमा नआएको भन्दै जग्गाको अवस्थाबारे जानकारी गराउन भनेका हुन् ।
‘हालसम्मम हवाइ मैदान निर्माण सुरु नभएकाले जग्गा फिर्ता दिलाइ पाऊ भन्ने समेत व्यहोराको सरोकारवालाहरुको यस कार्यालयमा निवेदन पेश हुन आएकोले सो सम्बन्धमा के कसो भएको हो रु जग्गाको हालको अवस्था के कसो छ ? सम्पूर्ण व्यहोरा खुलाई १५ दिन भित्र सो विषयका प्रमाण सहितको जानकारी पठाई सहयोग गरिदिनु हुन अनुरोध छ’, मेयर राईले लेखेको पत्रमा भनिएको छ ।
यति एयरलाइन्सले हवाई मैदान बनाउने भनेर १४ रोपनी जग्गा लिएको भए पनि अहिले धमाधम प्लटिङ गरेर बेच्न थालेपछि स्थानीयबासिन्दा आन्दोलित भएका छन् । आफूहरुले पहिला सस्तोमा बेचेको जग्गा अहिले प्लटिङ गरेर महँगोमा बिक्री हुन थालेपछि स्थानीयबासिन्दाले जग्गा फिर्ता हुनु पर्ने माग गरेका छन् ।