काठमाण्डौ- जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक २०८० पुनर्लेखनको आवश्यकता रहेको बताउनुभएको छ ।
आज शुक्रवार प्रतिनिधिसभाको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथिको छलफलका क्रममा सांसद यादवले यस्तो बताउनुभएको हो । उहाँले विधेयकमा व्यापक हेरफेर गर्न र व्यापक संशोधन हाल्न जरुरी रहेको उल्लेख गर्नुभयो । सांसद यादवले विधेयक निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन भन्दै प्रश्न पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘शिक्षा विधेयक संवेदनशील विषय हो । यो विधेयक पुनर्लेखनको आवश्यकता छ । किनभने यसमा व्यापक हेरफेर गर्न जरुरी छ । यसमा व्यापक संशोधन हाल्न जरुरी छ । यो विधेयक झट्ट हेर्दा कहीँ निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन, सामुदायिक विद्यालय विस्थापित गर्न त आएको होइन भन्ने मैले महसुस गरेको छु । निजी विद्यालयले एक दिन आन्दोलन गर्दा घुँडा टेकेको सरकार सामुदायिक विद्यालयले आन्दोलन गर्दा लाठी चार्ज गर्न बाध्य किन भयो त रु सल्लाह सुझाव लिएको भए त्यस्तो स्थिति आउँदैन थियो कि !’
सांसद यादवले सरकारले शिक्षकहरूसँग गरेको सम्झौता अक्षरशः पालना हुनुपर्ने बताउनुभयो ।