ईजरायल – हमासले गरेको आक्रमणमा १० बढी नेपालीको मृत्यु भएको खबरले आज देश रोईरहेको छ, विदेशिनु पर्ने नेपालीको बाध्यताका कारण आज रोजगारीकै लागी गएका नेपालीहरुले मृत्यु रोजन परेको छ, तर नेताहरु सुध्रिने छाँटकाँट छैन, किन जुन सरकार आएपनि नागरिक प्रति यति गैर जिम्मेवार बन्छ ? यो दुखद विषय हो,
प्यालेस्टाईनको हमास समूहले ईजराईलमा हमला गरेको छ, आक्रमणकारीहरुले रकेट बम, लन्चर हान्दै शहरभित्र छिरेका छन् ईजराईल बस्ने नेपालीहरु विशेषगरि नयाँ नेपालीहरु बढी चिन्तीत भएको खबर आएको छ ।
ईजरायलमा रहेका नेपालीहरुको अबस्था बारे हामीले फेसबुक मार्फत बुझिरहेका छौं, र अपडेट गरिरहेका छौं, सरकार र परराष्ट्र मन्त्रालयले यसमा तुरुन्तै पहल लिनुपर्छ, आफना जनताको अबस्था के कस्तो छ, बुझेर अपडेट लिने र सरकार छ भनने अनुभुति दिलाउन पर्दछ, यो पटक भने, आक्रमणकारी सुमुन्द्र, स्थलमार्ग दुबैतिरबाट ईजराईल प्रबेश गरेका छन्, त्यसकारण अब के हुन्छ, स्थीति भन्न गाह्रो छ । यद्यपी हामी सँग संवादमा रहेका नेपालीहरु सिमा श्रेष्ठ र सुनिता गुरुङ्गले अहिलेसम्म नेपालीहरु बसेका ठाउँमा त्यस्तो कुनै अप्रिय क्षति नभईसकेको कुरा बताईरहनुभएको छ ।
जेरुसेलम र तेलअभी क्षेत्रलाई लक्षित गरेर पसेका आतंकवादीहरुले अन्धाधुन्ध गोली चलाईरहेका छन् । जब १० सेकेण्डको साईरन बज्छ, त्यसपछि तुरुन्तै बंकर र सुरक्षित ठाउँमा पस्नपर्ने हुन्छ भन्दै हामी सँग एकजना नेपालीले बताउनु भएको छ ।
तेलबीमा खसेको रकेट घरभित्र छिरेपछि त्यहाँको क्षेत्र अहिले बढी आतंकित भएको छ, सबै नेपालीहरु सुरक्षित रहनुस पशुपतिनाथ सँग हाम्रो प्रथना छ, र यहि कामना छ, रोजगारीका लागी जिबन चलाउनका लागी बिदेशिनु परेको समस्या त छदैछ, तर आफुलाई हरेक प्रहरमा सुरक्षित पूर्वक चलाउन हामी अनुरोध गर्दछौं, बिएमएन न्युज हरेक जनताको आवज बोलिरहने छ, देश तथा विदेशमा हुने सबै नेपालीहरुको साथ सल्लाहा र सुझाब सदैव यसरी नै पाईराखौं । हामी निरन्तर अपडेटमा छौं ।