विराटनगर – गठबन्धन छोडेर एमाले सँग गरेको साँठगाँठले को शी प्रदेशमा गएको तरंग केन्द्रमा आएको छ । नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा एमालेको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएपछि कोशीको राजनीतिले नयाँ मोड लिएको छ ।
काँग्रेसभित्र आज भोली देखिएको पछिल्लो राजनीतिक उत्तरचढाबले अनुशासनको कारबाही हुनसक्ने सङ्केत गरेको छ । तर यसले पनि काँग्रेसभित्रको विवाद झन् बढ्ने देखिन्छ ।
संविधानको धारा १६८ को उपधारा ५ ले विश्वासको मत पाउने आधार प्रस्तुत गर्ने उपधारा २ बमोजिमको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था गरेको छ । सरकार बन्ने सम्भावना जीवित रहेसम्म प्रदेश सभा विघटनमा जानबाट रोक्न संविधानमा व्यवस्था भएको यस उपधारामा सांसदहरू मतदान गर्न स्वतन्त्र रहने छ ।
कोशीमा माओवादी नेतृत्वमा सरकार गठन हुने वातावरण नबनेपछि दोस्रो पटक सभामुख पद त्याग गरेर काँग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी सहमत बन्यो । यस पटक संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार बनाउँदा राप्रपाको समेत सहयोग पाउने आश्वासन पाइसके पछि गठबन्धनमै फुट आयो । यसलाई नेकपा माओवादी केन्द्रले धो्क्का को रुापमा लिन्छ वा कसरी बुझ्छ यसको कुरा तर यो प्रकरणले सत्तारुढ गठबन्धनलाई राम्रो भने गरेको छैन ।