• २० माघ २०८१, आइतबार
  • Sun, 02 Feb 2025
गोरखापत्र
गोरखापत्र

अन्तर्राष्ट्रिय उडान नियमित नभए आन्तरिक उडान पनि ठप्प पार्ने भैरहवाका उद्योगी व्यवसायीको चेतावनी

लेखक: बि.एम.एन. न्यूज
blog

गोरखापत्र

रुपन्देही । रूपन्देहीका उद्योगी व्यवसायीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि सरकारले नै चासो नदिएको भन्दै अन्तर्राष्ट्रिय उडान नियमित नगरे आन्तरिक उडान समेत ठप्प पार्ने चेतावनी दिएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चुनौती र अवसरबारे हवाई यातायात नियन्त्रण संघ पश्चिम सेक्टरले आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीसँगै जनप्रतिनिधिले समेत अर्बौं लगानी गरेर निर्माण गरिएको विमानस्थलले सरकारलाई नै गिज्याइरहेको भन्दै आक्रोश पोखे।

कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर निजी क्षेत्रले लगानी गरेको अर्बौं लगानी समेत डुब्ने अवस्थामा पुगेको बताए।

‘सरकारले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन थालेपछि विमानस्थललाई नै हेरेर निजी क्षेत्रले ८० अर्ब बढी रकम पर्यटन र कृषि क्षेत्रमा लगानी गरेको छ,’ ७ वटा फाइभस्टार होटल बनिरहेका छन् तर, विमानस्थलबाट नियमित उडान नहुँदा निजी क्षेत्रको लगानी समेत डुब्ने अवस्थामा पुगेको छ,’ उनले भने।

श्रेष्ठका अनुसार मध्यमस्तरका होटलसँगै चार तारे र पाँच तारे होटलहरू बनिरहेकाले विमानस्थलाई नै लक्षित गरी पर्यटन, कृषि र अन्य उद्योगमा समेतमा गरी यत्ति नै लगानी भयो भन्ने आकडा छैन। तर ८० अर्बभन्दा बढी लगानी भएको श्रेष्ठको अनुमान छ। श्रेष्ठका अनुसार भैरहवा आसपासमा मध्यम तथा स्तरीय गरी १ सय ५० बढी होटल छन्।

श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ४० अर्ब बढी लगानी गरेको भए पनि अहिले त्यही लगानी र संरचनाले गिज्याइरहेको बताए।

‘मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको डेढ वर्ष पुग्न लाग्दा पनि हप्तामा एउटा मात्र एकतर्फी उडान यस्तो पनि कहीँ हुन्छ होलारु विमानस्थलका संरचनाले हामीहरूलाई निराश बनाएको मात्र होइन गिज्याइरहेको छ,’ श्रेष्ठले भने।

श्रेष्ठले भारतले अनुमति नदिएका कारण भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न नसकिएको भन्दै सरकारले आफूहरूलाई भ्रममा राख्ने गरेको उल्लेख गर्दै अब सरकारका भ्रममा नपर्ने बताए।

‘भारतले अन्तर्राष्ट्रिय उडान र अवतरणका लागि अनुमति दिएको छैन भने हप्ताको एकदिन जजिरा एयरले कहाँबाट उडान र अवतरण गरिरहेको छरु एउटालाई उडान अवतरण गर्न दिने अर्कोलाई नदिने भन्ने हुँदैन यो सबै सरकारले हामीलाई छरेको भ्रम हो,’ श्रेष्ठले भने।

अध्यक्ष श्रेष्ठले सरकारले भैरहवा, पोखरा र निजगढमा समेत अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै जाने तर, सुचारू नगर्ने हो भने आन्तरिक उडान समेत ठप्प पार्ने चेतावनी दिए।

‘अन्तर्राष्ट्रिय उडान नियमित गर भन्नका लागि आन्तरिक उडान समेत ठप्प पार्ने त्यो दिन नआओस्, सरकारले वेवास्ता गर्दै जाने हो भने हामीहरू आन्तरिक उडान समेत ठप्प पार्न बाध्य हुने छौं,’ उनले भने।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले अन्तर्राष्ट्रिय विमानस्थल संचालन गरेको डेढ वर्षसम्म पनि विमानस्थल भित्रका कुनै पनि सुविधा पूरा गर्न नसक्दा विमान कम्पनीहरूले उडान गर्न इच्छुक नदेखिएको बताए।

‘जहाजमा उड्नुअघि र झरेपछि पनि यात्रुहरूले विमानस्थलभित्रै सेवा सुविधा खोज्छ, सरकारले यहाँ के बनाइदिएको छरु,’ उनले भने।

लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले राज्य संचालन गर्नेहरूमा काठमाडौं भनेकै नेपाल हो र नेपाल भनेकै काठमाडौं हो भन्ने मानसिकता रहेकोले विमानस्थल संचालन हुन नसकेको बताए।

‘मुलुकको नेतृत्वमा रहेकाहरूको बुझाइ नै नेपाल भनेको काठमाडौं हो काठमाडौं भनेकै नेपाल हो भन्ने छ, अनि काठमाडौंभन्दा बाहिरका यस्ता आयोजनाहरू कसरी संचालन हुन सक्छन्रु’, पाण्डेले भने।

मन्त्री पाण्डेले विमानस्थल संचालन भएमात्रै आफूहरूको अस्तित्व रहने भन्दै विमानस्थलको संचालनका लागि आन्दोलन गर्न पनि पछि नहट्ने बताए।

‘जनताले कुनै पनि माग र आवश्यकता पूरा गराउनु छ भने आन्दोलन नगरी नहुने परम्परा जस्तै बनेको छ, विमानस्थल संचालनका लागि पनि जनतासँगै प्रदेश सरकारले समेत आन्दोलन गर्नुपर्ने अवस्था नआओस्,’ उनले भने।

विमानस्थल संचालनका लागि पटकपटक मुख्यमन्त्रीसहित गएर प्रधानमन्त्री पुष्पकमल दाहललाई भेटेर जानकारी गराए पनि आश्वासनबाहेक अरू केही पाउन नसकेको मन्त्री पाण्डेले बताए।

२०७९ साल जेठ २ गते विमानस्थलको उद्घाटनसँगै कुवेतको जजिरा एयरलाइन्सले व्यवसायिक रूपमै अन्तर्राष्ट्रिय उडान सुरू गरेको  थियो।

उद्घाटनको ६ महिनापछि हिमालयन एयरलाइन्स पनि केही समय उडान गरेको थियो। तर दुबै एयरलाइन्सले हिउँदयाममा खराब मौसमका कारण भन्दै उडान स्थगित गरेका थिए। दुबै एयरलाइन्सले अहिले पनि उडान गरेका छैनन्।

विमानस्थल प्रशासनका अनुसार दुइटा एयरलाइन्सले गरेका चार सय चार वटा उडानबाट ३५ हजार ६ सय ८३ जना यात्रुले अवतरण तथा उडान सेवा लिएका थिए। दुई सय दुई वटा उडानमा भैरहवाबाट २० हजार एकसय ५७ यात्रु प्रस्थान गर्दा त्यतिनै उडानबाट १५ हजार सातसय २६ यात्रु अवतरण गरेका थिए।

पछिल्लो पटक गत जेठ ३० गतेदेखि नेपाल वायुसेवा निगमको जहाजले साताको एकदिन हरेक मंगलबार मलेसिया(भैरहवा(मलेसिया उडान गर्दै आएको छ। नेपाल वायुसेवा निगमले हालसम्म भैरहवामा १८ वटा उडान गरेको छ भने त्यसबाट ७९६ जना यात्रुले सेवा लिएका छन्।

हालसम्म १८ वटा उडानबाट सातसय ८२ यात्रु भैरहवा अवतरण गरेका छन् भने जम्मा १४ जना यात्रु यहाँबाट प्रस्थान गरेका छन्।

गौतमबुद्ध विमानस्थलका महाप्रवन्धक हंसराज पाण्डेले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीहरूलाई २०८१ साल जेठ १३ गते सम्मलाई ल्याण्डिङ र पार्किङ शुल्क निशुल्क गरिएको र ग्राउण्ड ह्याण्डलिङमा समेत ५० प्रतिशत शुल्क छुट गरिएको जानकारी दिए।

महाप्रबन्धक पाण्डेका अनुसार नेपालको मध्यभागमा रहेको र राष्ट्रिय राजमार्गहरूसँग जोडिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षित विमानस्थल मानिन्छ।

‘भौगोलिक हिसाबले समेत यो विमानस्थल उडानका लागि सुरक्षित मानिन्छ, संसारका जुनसुकै मुलुक उडान गरेका पाइलटले पनि यहाँ सजिलै उडान गर्न सक्छन्,’ पाण्डेले भने।

त्यस्तै यो विमानस्थलमा कुनै पनि जहाजले होल्डिङ गर्न नपर्दा किफायती समेत रहेको उनले बताए।

‘जजिराकै जहाजले कुवेतबाट काठमाडौं आउँदा १० घण्टा बढी समय लाग्नेमा भैरहवामा साढे आठ नौ घण्टामै अवतरण गरिसक्छ, होल्डिङ गर्न नपर्दा खर्च समेत कम लाग्छ,’ पाण्डेले भने।

यसअघि प्राधिकरणले यहाँबाट उडान गर्ने विमान कम्पनीहरूलाई छुट दिने घोषणा गरेपछि झण्डै एक दर्जन विमान कम्पनीहरूले उडानका लागि चासो देखाएको बताउँदै आएको थियो।

केही समय उडान गरेका जजिरा एयर र हिमालयन एयर, हाल सातामा एकदिन उडान गर्दै आएको नेपाल वायुसेवा निगमसँगै, श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले समेत गौतमबुद्ध विमानस्थलमा उडानका लागि चासो देखाएको विमानस्थल प्राधिकरणको दाबी थियो।

तर उडान सुरू गरेका विमान कम्पनीहरूले नै उडान स्थगित गरेपछि अन्य कम्पनीहरूले यहाँबाट उडान गर्लान् र पर्यटन क्षेत्र फस्टाउला भन्नेमा पर्यटन व्यवसायीहरू विश्वस्त बन्न सकेका छैनन्।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्त हप्ताको एउटा ट्रान्जिट उडान गरेर सरकारले गौतमबुद्ध विमानस्थल चल्न सक्दैन भन्ने पार्न खोजेको बताउँछिन्।

‘एउटामात्रै उडान गरे पनि काठमाडौं ट्रान्जिट होइन भैरहवा ट्रान्जिट बनाएर यहाँबाट सिधै उडान भए यहाँबाट प्रस्थान गर्ने यात्रुहरूको संख्या थपिन्छ, काठमाडौं गएर घण्टौं बस्नु पर्दा यात्रुहरू सिधै काठमाडौंबाट प्रस्थान गरिरहेका छन्,’ पन्त भन्छिन्।

बुद्ध जन्मस्थल लुम्बिनी नेपालको महत्वपूणर् सम्पदासँगै विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्र मानिन्छ। विश्वभरका बौद्धमार्गीहरु एकपटक लुम्बिनी आउने चाहना राख्छन्।

लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल संचालन भएपछि बौद्धमार्गी पर्यटकहरूको ओइरो लाग्छ भन्ने सबैमा अपेक्षा थियो। तर आफूहरूको अपेक्षा अनुसार सरकारले विमानस्थल संचालनमा चासो नदिएपछि उद्योगी व्यवसायी निराश बनेका छन्।

हवाई यातायात नियन्त्रण संघका केन्द्रीय अध्यक्ष वीपीन बज्राचार्यले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइसकेकोले यसप्रकारको कार्यक्रम पहिलोपटक उपत्यका बाहिर आयोजना गरिएको बताए।

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

दुई किशोरी मृत फेला

जंगल क्षेत्रमा शनिबार साँझ दुई किशोरी ​मृत भेटिएका हुन्

slider

क्रान्तिकारीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमिरराज खरेलले जित्ने आधारहरु यस्तो !

२०६४ सालदेखि ललितपुरमा रहेर पाटन संयुक्त क्याम्पसबाट राजनीति सुरुवात गरेका खरेलले पाटन क्याम्पस कमिटिको अध्यक्ष, ललितपुर जिल्ला समितिको संयोजक र अध्यक्ष समेत भएर काम गरिसकेका छन् ।

slider

छापामार ड्रेसमा काठमाडौको जमलमा प्रस्तुति

नेकपा बहुमतको ९ औं महाअधिबेशन

slider

सहकारी वकिलको बहस सकियो आजै आउने सम्भावना देखिएको छ

सहकारी वकिलको बहस सकियो आजै आउने सम्भावना देखिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने समेत मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ ।बुधबार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो ।उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीतर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउनसक्ने सम्भावना रहेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।२ दिनअघि अदालत गेटबाहिर अनपेक्षित गतिविधि भएपछि प्रशासनले झनै सुरक्षा कडा पारेको हो । बुधबार पनि रास्वपाका कार्यकर्ता अदालत क्षेत्र प्रवेश गर्न खोजेका थिए तर प्रहरीले रोकेको थियो ।

थारु गाउँमा माघी पर्वको रौनक

पश्चिम नेपालको थारु बस्तीमा माघ/माघी पर्वको रौनक सुरु भएको छ । माघलाई नयाँ वर्षको रूपमा लिइने थारु समुदायमा पर्वको तयारी थालिएको हो । बङ्गुरको मासुको जोहो गर्नेदेखि लिएर गाउँका प्रमुख तथा नेतृत्व चयन र माघी देवानी तथा भुरा खेलबारे समेत छलफल सुरु भएको होधनगढी उपमहानगरपालिका १६ भादाका भलमन्सा सन्त कुमार चौधरीले पुस महिनाको अन्तिम दिन हरेक थारु बस्तीमा सामूहिक सुँगुर/बङ्गुरको जिटा (मासु) काटिने प्रचलन रहँदै आएको सुनाए । माघीमा विशेष रूपमा खाने ढिक्रीको लागि चामलको पिठो पिसाउने, दुना टपरी गाँस्ने कार्य पनि चलिरहेको छ ।पर्वसँगै थारु समुदायमा बस्तीका प्रमुखका रूपमा रहने बरघर, भलमन्सा, चिराकी, चौकीदारलगायत प्रतिनिधिहरू फेरबदल गर्ने कि, पुरानालाई नै अनुमोदन गर्ने भन्नेबारे प्रारम्भिक बहस पनि पुस महिनादेखि नै सुरु भएको भादाका भलमन्सा चौधरीको भनाइ 5।उनका अनुसार नेतृत्व चयनको लागि हुने माघी देवानी तथा भुरा खेल कार्यक्रममा गएको वर्षको समीक्षा गरिनुको साथै आउँदो वर्षको लागि कार्ययोजना निर्माण गरिन्छ ।यसैबिच ग्रामीण भेगमा माघी मेलाको तयारी समेत भइरहेको छ । कैलाली, कञ्चनपुर जिल्लाका विभिन्न स्थान तथा धार्मिक क्षेत्रमा आयोजना हुने माघीको मेला र महोत्सवको तयारी थालिएको हो ।कैलालीको कैलारी गाउँ गाउँपालिका ६ मा हरेक माघीमा आयोजना हुने माघी मेलाको तयारी अगाडि बढाइएको मेला आयोजक युवा जनज्योति क्लबका अध्यक्ष प्रकाश महतोले जानकारी दिए ।यसैबिच गाउँघरमा आगो ताप्दै सामूहिक रूपमा डफ गाइने ढमार गीतले पनि माघी पर्वको रौनक सुरु गरेको छ ।कैलालीको जोशीपुरका स्थानीय समेत रहेका पत्रकार सुधराम दहितले आजभोलि गाउँ–गाउँमा डफ, मादल बजाएर सामूहिक रूपमा ढमार गीत गाउँदा माघी पर्वको उल्लास बढ्दै गएको बताए । उनले जोशीपुर गाउँपालिका २ बरगदही गाउँको मुंग्रहुवा नाच टोलीले बुधबार राति गाउँमा ढमार गाउँदा गाउँमा उल्लास र माघको उत्साह जगाएको बताए । माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रहरुलाई भेटघाट गर्ने, ठूलाबाट अर्शीवाद लिने र सानालाई अर्शीवाद दिने प्रचलन रहिआएको छ ।मकर संक्रान्तिका दिन नुहाउनले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म पखालेर जाने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । यो दिन पशुपक्षी वध हुँदैन ।

अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको मृत्यु

अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो ।डेली मेलका अनुसार, दाहालको मृत्यु हुनुभन्दा दुई घन्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० मा फोन आएको थियो । त्यसबेला पृष्ठभूमिमा ‘ठूलो आवाजसहित भनाभन भएको’ सुनिएको थियो ।

गोरखापत्र