काठमाडौं – तेल व्यपारीले जानकारी नदिई मूल्य बृद्धि भए बेच्ने, नत्र पेट्रोल छैन भन्ने सूचना टाँस गर्छन्, सरकारले जब पेट्रोलियम पदार्थको मुल्य घटायो, ब्यापारीहरुले तेल नै छैन भनेर सूचना टाँस गरे, सस्तोमा खरिद गरेर महँगोमा पनि त बेचेका थिए, अहिले सरकारले दशैंको बेला घटाएको मूल्यले थाहै नदिई घटाएको भनि तेलको कृतिम अभाव सिर्जना गरि बजार बिगारेका छन् अब सायद तेल बोतलमा पाईन्छ, सरकारले तेल बोतलमा बेचेको पाईने बित्तकै कारबाही गर्न पर्छ । जुन पम्पबाट ल्याएर बेचेको हो त्यसको लाईसेन्स जफत गरिदिने हो भने कसले कालाबजारी गर्छ ?
निगमले प्रसस्त मात्रमा तेल दिएपनि, तेल छैन भनेर टाँस भएको छ, जसले तेल छैन भनेर टाँसेका छन् तिनलाई कारबाही गर्नसके सबै लाईनमा आउँछन । चाडपर्वका बेला मूल्य समायोजनका नाममा यस्तो हाहाकार मच्चाउनेलाई सरकारले कारबाहीको दायरमा ल्याएर सरकार जिउँदै छ भन्ने अनुभुति जनतालाई दिनु पर्छ । बिएमएन न्यूज, विशेष रिपोर्ट, काठमाडौं ।