२१ मंसिर २०८०, बिहिबार
११ महिना पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं । चीनबाट ल्याइएको ५६ कार्टुन मूर्तिमा सुन भएको आशंकापछि परीक्षणका लागि पठाइएको छ । १ हप्ताअघि नै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुनको आशंकामा ती मूर्ति भन्सार कार्यलयको ल्यावमा परीक्षण गर्न पठाएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवनमा एक्सरेको क्रममा मूर्तिमा सुनको लेपन लगाइएको भन्सार अधिकारीको आशंका थियो ।
एक्सरेबाट यकिन हुन नसकेपछि अहिले विभागको ल्यावमा परीक्षण भइरहेको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।
उनले भने, ‘मूर्ति ठूलो परिमाणमा भएकाले परीक्षणको नतिजा आउन समय लाग्नेछ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?