काठमाडौ । पर पुगेर एकैछिन हेरौं, खुट्टामा पड्किने चप्पल, जस्ता सामान्य जनताले लगाएका लुगा, उस्तै हाउभाऊ, उस्तै भाषा, उस्तै लबज, त्यहि भिडमा बसेका ति पूराना तस्बीरहरु को को सँग छन् ? अनि अहिलेका यि रहनसहन, बिलासिताका तस्वीर त सबैसँग होलान ।
जनताले सबैभन्दा अग्रपंक्तिमा बसेर लडेका लँडाईहरुमा सँधै नेता भनाउदाहरुलाई किन तिनको रक्षा गरेर आफु मरे रु जनता र नेताको अबस्था बराबर, उस्तै सुविधाका लागी भनेर ज्यान फालेका हैनन र ? साबिकका शासकले पनि त गरेको विभेद एउटै हो, कि शासकले जे गरेपनि छुट, जनतालाई सास्ती, यसकै अन्तरविरोधबाट जन्मन्छ नयाँ विद्रोह, जनताको जनविद्रोह ।
जनताले तपाईंले जस्तै खान पाउँ, तपाइईंले लगाएको जस्तै लुगा लगाउन पाउँ, त्यस्तै गाडी चढ्न पाउँ उस्तै बिलासिता खै मलाई भनेर हैन ।
मैले रोजगारी पाउँ, मेरो चुल्हो बलोस, मेरा ओछ्यानमा थला परेका बाआमाले उपचार पाउन, यसको निम्ती म यो देश छोडेर विदेशिन तयार छु, बरु मेरो लाश बाकशमा फर्कियोस तर म अभावमा बाँच्न नसक्ने भएँ, सरकार म विदेश जान चाहें, यसमा तिमीले मेरो श्रम बेचेर पठाएको रेमिटान्सले अघाऊ, मोटाऊ मलाई बाल छैन, तर म बाँच्न चाहान्छु ।
तर, सरकार किन यसो भनिस, किन मेरो विरुद्धमा बोलिस भन्दै, बुट बजार्छ, जनताका छात्तिमा गोली चलाउँछ भने, यसै मर्ने त्यसै मर्ने हजार युवाहरु अब मर्न तयार हुनुपर्दछ । "हम तो जायेगें सनम तुमको भि ले जायेंगे" एउटा यस्तो समय आयो कि अब आत्माघाती निर्णय र साहास लिने बाहेक जनता सँग अर्को कुनै बिकल्प रहेन ।
जनता हो, यदि अब सचेतना आएन भने फेरी कहिल्यै आउँदैन, जनताका शासक भनेका जनताकै घरमा बसेर जनताका दुखः सँगै रमाउन सक्ने, ढिडो, पिठो मसिनो जे छ त्यहि खाने जब जनता सक्षम हुन्छन अनि आफुपनि उनिहरु सँगै रुपान्तरण हुन्छन, ति हुन बास्तबिक जनताका शासक, जबकी यिनीहरु सेनामेना, सुरक्षा, साईरन बजाउँदै, सडकका छेऊमा हिंडेका जनतालाई घुलो उडाउँदै सवार गर्ने उहि पुरानै सामान्ती संस्कारले ग्रसित छन् ।
जनताले बुझ्नुपर्छ कि जनताका ति न नेता हुन, न शासक, ति विदेशी दलाल हुन । जनताको सद्बुद्धिको कामना, ज्यान गुमाउने जनताको महान् सहिदहरुलाई भावपूर्ण श्रद्धाञ्जली, ति पिडामा रहेका परिवारमा समवेदना, धैर्य गर्ने शक्ति मिलोस, विद्रोहको राँको बाल्ने हिम्मत बढोस् ।