काठमाडौँ । माओवादी नेता कृष्ण बहादुर महरालाई प्रहरीले रुपन्देहीमा पक्राउ गरेर काठमाडौँमा ल्याएको छ । केन्द्रीय अनुसन्धान ब्युरो, सीआईबीले उनीमाथि अनुसन्धान सुरु गरेको छ ।
सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनको आधारमा माओवादी केन्द्रका उपाध्यक्ष महरामाथि अनुसन्धानका लागी पक्राऊ परेका हुन ।
भेप प्रकरणमा थप अनुसन्धान गर्न प्रहरीले सोमबार नै महरालाई अदालत उपस्थित गराउँदै छ । हिरासतमा राखेर अनुसन्धान गर्नका लागी म्याद लिन काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने कुरा प्रहरी श्रोतले बताएको छ ।
दुबईबाट ल्याएको ७३० वटा भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि कृष्ण बहादुर महरा र उनको पुत्र राहुलले छुटाउन भूमिका खेलेको आरोप उनिहरु माथी लागेको थियो ।
चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको पनि ‘कनेक्सन’ देखिएको छ । भेपमा सुन ल्याउने समूहका आसिन पेङ र दाओजिन वाङ ६० किलो सुन तस्करीमा पनि संलग्न देखिएका छन । सुन ल्याउने समूहका आसिन, दाओजिन वाङ र लि हासोङ तीनैजना भने हाल फरार छन ।