काठमाडैं । नागरिक उन्मुक्ति पार्र्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्मा माथि अनामगनरमा रहेको पार्र्टीको केन्द्रीय कार्यालय भित्रै आक्रमण भएको छ ।
उनले आफूहरूलाई रेशम चौधरीले आइतबार पार्र्टी कार्यालयमा भएको छलफलमै हत्या हुन सक्ने धम्की दिएको र सोमबार केन्द्रीय समिति बैठक सुरू हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्ने सम्मको धम्की दिएको कुरा पत्रकार सम्मेलन गरेर बताएका छन् ।
सोमबार बिहान ८ बजेका लागि बोलाइएको बैठकमा संस्थापक अध्यक्ष रञ्जिता चौधरी नआईपुग्दै अनौपचारिक छलफल भएको थियो । त्यसक्रममा बिकलाई पार्र्टी कार्यालयभित्रै ढोका चुकुल चलाएर आक्रमण भएको हो ।
विवादको सुरूवात कुन गठबन्धनमा जाने भन्नेबाट सुरू भएको थियो । पार्र्टीका नेता दामोदर पण्डित संयोजकत्वमा रहेको वार्ता टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु लाई भेट्न सोमबार बालुवाटार जाने तयारी गरेको थियो । ‘आज हामीले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट्ने कार्यक्रम थियो । बालुवाटार गयौं भने म तिमीहरूलाई बालुवाटार बाहिरै पिट्छु भनेर उहाँले भनेपछि हामीले विरोध गरेका थियौं,’ उनले भने ।
साथै २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्यहरू बनाइए पनि निर्वाचन आयोगमा पार्र्टी अद्यावधिक नभएको जिम्मेवारी कसले लिन्छ भनेर प्रश्न उठेको थियो ।
‘मलाई पार्टी कार्यालयभित्रै केही केटाहरूले आक्रमण गरे। उनीहरू पार्टीकै कार्यकर्ता पनि होलान,’ उनले भने, ‘मेरो छेउमा लालवीरजी र बलवीरजी बस्नु भएको थियो, मलाई उहाँहरूले जोगाउनु भयो। बाहिर जान खोज्दा ढोकामा चुकुल लगाएका रहेछन’
रेशमलाई भेट्न कार्यालय गएका चार जना लाई सिधै ( यदि सुदूरपश्चिममा कमल शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या हुन सक्छ .. हिजो यस्तो भन्नु भएको थियो आज ममाथि आक्रमण भयो। असुरक्षित ठानेर मैले पत्रकार सम्मेलन गरेको हुँ,’ उनले पत्रकार सम्मेलनमा भनेका छन ।