![गोरखापत्र](https://bmn.news/storage/media/5042/1000_x_100_shrf3KoaWz.gif)
काठमाडौं । एक्कासी कमलपोखरीबाट ठूलो बिस्फोटको आवज आयो, साईरनवाला गाडी एम्बुलेन्स कुदाकुद गर्न लागे, के भएछ भनेर हाम्रो टिम पनि त्यता पुग्यो कुरा सान्दार मःम कमलपोखरीमा आज बिहानै भएको सिलिन्डर बिस्फोटको रहेछ ।
बिहान देखिनै व्यस्त सान्दार मःम सुनसान बनेको छ, मःम पारखीका लागी सान्दार मःम सबैको गन्तब्य आज ग्यास सिलिन्डर बिस्फोट भएपछि पसलमा ठुलो क्षति भएको छ ।
बिस्फोटमा परेर ११ जना घाईते भएका छन, २ जनाको अबस्था गंभिर छ, हरेकको घरमा ग्यास चुल्हो र सिलिन्डर सहि तरिकाले राखिएन भने यस्ता घटनाहरु घट्ने खतरा हुन्छ, ग्याँस कम्पनीहरुले सिलिन्डरको अबस्था र यसको चाँच राम्ररी नगर्दा र लापरवाहिका कारण यस्ता थुर्पे घटना घट्ने गरेका छन ।
यसको चेकजाँच गर्ने, सचेतना र प्रयोगबारे कार्यक्रम नभएका कारण पनि अहिले यस्ता घटना दिन प्रतिदिन बढिरहेका छन, हामी सबै सचेत बन्नु पर्दछ र ग्याँस सिलिन्डर किन्दा र राख्दा अनि प्रयोग गर्दा र अन अफ गर्ने कुरामा समेत ध्यान दिनु पर्दछ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5042/1000_x_100_shrf3KoaWz.gif)