![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
तीन विमानस्थलमा उडान प्रभावित
प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ ।
बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल
भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् ।
हेटौँडा–काठमाडौँ छोटो दुरीका सबै सडक अवरुद्ध
हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।
ओलीका दुई छोरीहरु बालकोट पुगेपछि
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार दुई बालिकासँग रमाइरहेको तस्बिर सार्वजनिक गरे । त्यसमा ओलीले लेखे–शनिबार स्कूल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई भेट्न आइरहन्छन्। आज पनि आएका थिए। बालाई भेट्न आएको नि भन्दै आज घुम्न जाने भन्दै थिए। तर मेरो फूर्सद मिलेन ।’सो क्रममा घरमा रहेको आमासँग भिडियो कल गराएको ओलीले उल्लेख गरेका छन् । ‘उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो । केही समय यिनीहरुसँग कुरा गरेर बिताएँ। राम्रोसँग पढ्छु भनेका छन्,’ ओलीको भनाइ छ ।ओलीले अर्को महिनामा लुगा किन्न जाने कुरो भएको उल्लेख गर्दै उनीहरु खुशी भएको बताएका छन् । ओलीले उनीहरुको शिक्षाका लागि भिभावकत्व लिएका छन् । २०७५ सालमा रारा पर्यटन वर्षको कार्यक्रममा सहभागी जाँदा ओली र उनकी पत्नी राधिका शाक्यले ठिन्ले र छिरिङको अभिभावकत्व ग्रहण गरेका थिए ।केहीसमय उनीहरु त्यही पढेपनि विद्यालय अनियमित भएपछि ओलीले राजधानी ल्याएर पढाउँदै आएका छन् । काठमाडौँको एक आवासीय विद्यालयमा उनीहरुलाई पठनपाठनको व्यवस्था मिलाइएको बताइएको छ ।
गोरखाको झोङगाउँका १० घर जोखिममा
पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन्।
खोलामा टाउको र जङ्गलमा शरीर भेटिएको युवाको पहिचान खुल्यो
हत्या गरी फालिएको अवस्थामा भेटिएको युवाको पहिचान भएको छ।
किसानलाई बँदेल र बाँदरबाट बाली जोगाउन मुस्किल
बँदेल धपाउन रातभर बारीमै जागराम बस्नुपर्ने अवस्था आएको छ ।
चीनमा 'ग्यालिअम' र 'जर्मेनिअम' देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने
चीनले दुईवटा महत्त्वपूर्ण पदार्थको निर्यातमा कडाइ गर्न थालेको छ ।
नरदेवीमा लागेको आगलागी नियन्त्रणमा
काठमाडौँको नरदेवीमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
पोल्याण्डमा दोस्रो विश्व युद्धकालीन शक्तिशाली बम भेटियो
पोल्याण्डमा दोस्रो विश्व युद्धकालीन शक्तिशाली बम भेटिएको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)