मुस्ताङको लोमान्थाङमा बौद्ध धर्मावलम्बीको तिजी पर्व सम्पन्न
उपल्लो मुस्ताङको लोमान्थाङमा बौद्ध धर्मावलम्बीको तिजी पर्व सम्पन्न भएको छ।
बेलायतमा मौसमी श्रमिकमाथि चरम शोषण
बेलायतमा मौसमी श्रमिकका रूपमा कार्यरत नेपालीलगायतका आप्रवासी श्रमिकमाथि चरम शोषण भएको भन्दै सरोकारवाला संस्थाहरूले विरोधको आवाज उठाउन थालेका छन् ।
लडाकुले पाउने २ लाख तत्काललाई रोक्ने आदेश
काठमाडौं–माओवादीका पूर्वलडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।न्यायाधीश कुमार रेग्मीको इजलासले पूर्वलडाकूलाई पैसा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।सर्वोच्चका प्रवक्ता विमल पौडेलले पूर्वलडाकूलाई २ लाखका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। सरकारले तत्कालीन नेकपा (माओवादी) का लडाकूलाई जनही २ लाख रुपैयाँ दिने कार्यविधि तयार पारेको थियो। कार्यविधिमा उनीहरूले पाउने दुई लाख रुपैयाँ बैंक खातामा हालिदिने व्यवस्था थियो। अयोग्य लडाकू ४ हजार ८ जना छन्। यसअघि गत चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकूलाई दुई-दुई लाख दिने निर्णय गरेको सार्वजनिक भएको थियो।अनमिनले नै लडाकू होइनन् भनेर प्रमाणित गरिसकेका माओवादी कार्यकर्ताहरूलाई सरकारले राज्यकोषबाट पैसा बाँड्न लागेको भन्दै विरोध भएको थियो।
नेकपा माओवादी केन्द्रका नेताहरु चीनको भ्रणमा जानेः
काठमाडौं — नेकपा माओवादी केन्द्रका नेताहरु उत्तरी छिमेकी देश चीनको भ्रणमा जाने भएका छन् ।अनुभव आदान –प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वमा आगामी शुक्रबार सापकोटाको नेतृत्वमा करिब २० जना नेताहरु चीन भ्रमणमा जान लागेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा स्रोतले बताएको छ । भ्रमण टोलीमा माओवादीको जनवर्गीय संगठनका प्रमुख र प्रदेश अध्यक्षहरुको समेत सहभागी हुनेछ । देशमा वर्तमान परिस्थीतिको यो अबस्थामा सरकारमा रहेको दलका नेताहरुले चीन भ्रमण गर्नु निकै नै अर्थपूर्ण छ, राजनीतिक बिश्लेषकहरु बताउँछन् । तर भ्रमणले के कस्तो सन्देश ल्याउला त्यो भने हेर्न बाँकी छ । यसअघि नेकपा एमालेका नेताहरुको टोली पनि चीन भ्रमण गरेर फर्किएको थियो ।