![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
१३ दिनमा ६० प्रतिशतले बढ्यो प्याजको होलसेल मूल्य, खुद्रा दोब्बर
काठमाडौं । असोज मसान्तमा कालीमाटीको होलसेल बजारमा ७६ रुपैयाँ रहेको सुकेको प्याजको मूल्य १३ कात्तिकमा अधिकतम् १ सय २० रुपैयाँसम्म पुग्यो । अर्थात्, गएको १३ दिनमै प्याजको मूल्य ४४ रुपैयाँ अर्थात् ६० प्रतिशतले बढेको छ ।
गोली हानी रूपेश सराफको हत्या गरेको आरोपमा एकजना पक्राउ
काठमाडौँ । बारामा गोली हानेर रूपेश सराफको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। प्रहरीले विरगन्जबाट एकजनालाई पक्राउ गरेको हो। पक्राउ परेका आरोपितलाई भने प्रहरीले सार्वजनिक गरेको छैन।
ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा मात्र नागरिक एपबाट देखाएको लाइसेन्स मान्य हुने
काठमाडौ । नागरिक एपबाटै देखाएको सवारी चालक अनुमति पत्रलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने भएको छ। सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नागरिक एपले यो सेवा देशैभर लागू भएको जानकारी दिएको हो।
भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु
काठमाडौं । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिवको सम्मानमा रात्रिभोज
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका छन् । रात्रिभोजमा नेपाल सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । अमेरिका भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे। ब्लिंकेनसँग वासिङटन डीसीमा भेटवार्ता गर्ने छन् ।
इजरायलमा मृत्यु भएका थप ३ नेपालीको शव पहिचान
काठमाडौं । इजरालयमा प्यालेस्टाइनी समूह हमासको आक्रमणमा पारिएका थप ३ जना नेपालीको शव पहिचान भएको छ । इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा मारिएका थप ३ नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी आएको बताएको छ । दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको छ ।
बैंकिङ कसूरसम्बन्धी विधेयक संसद्मा पेश : चेक बाउन्स भए बिगोसहित २ वर्ष कैद
काठमाडौं । सरकारले बैंकिङ कसूर सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको तर्फबाट कानुन मन्त्री धनराज गुरुङले आइतबार बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० संघीय संसद्मा पेश गरेका हुन् ।
थाइ एयरवेजले नेपालमा पुनः सुरू गर्यो उडान
काठमाडौं । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले आइतबारदेखि नेपालमा पुनः उडान सुरू गरेको छ ।
राष्ट्रसंघका महासचिव गुटरेस पाटन दरबार ईस्क्वाएरमा
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले ललितपुरस्थित पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका छन् । आइतबार महासचिव गुटरेसले पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका हुन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)